क्वालालम्पुर, पुष ८-
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियन नागरिकलाई स्वदेशमा नै रोजगारीमा जुट्न आव्हान गरेका छन् । उनले मलेसियन नागरिक स्वदेश भन्दा बढी विदेश जान रमाउने गरेका कारण आन्तरिक समस्या सुरु भएको बताए ।
मलेसियामा विदेशी कामदारको संख्या बढ्दै जाँदा यो मुलुक बहुसाँस्कृतिक मुलुक बन्न पुगेसँगै विदेशीले मलेसियन महिलासँग विवाह गर्ने प्रचलन पनि बढेको उनको भनाई थियो । बंगलादेश, पाकिस्तान, भारत, मध्यपूर्व, ईरान तथा मध्य एसियाका लाखौं व्यक्तिले काम गर्ने मलेसियामा स्वयं मलेसियन नागरिक भनें रोजगारीका लागि ईच्छुक नभएकोमा प्रधानमन्त्री महाथिरले गुनासो गरेका छन् । उनले हाल बंगलादेशमा २० लाखको हाराहारी बंगलादेशी नागरिक कार्यरत रहेको भन्दै उनीहरुले राम्रा मलेसियन युवतीहरुसँग विवाह गरिरहेको र उनीहरुलाई बंगलादेश लगिरहेको बताए । यसमा ध्यान नदिने हो भनें भोलीका दिनमा मलेसियन युवालाई विवाह गर्न मलेसियन युवती नहुने उनको भनाई थियो ।
किन यस्तो भइरहेको छ ? प्रधानमन्त्री महाथिरले प्रश्न गर्दै भने किनकी बंगलादेशीले ति सवै काम गरिरहेका छन् जुन मलेसियन नागरिकले गर्नै चाहँदैनन् । यदि मुलुकको विकास चाहने हो भनें मलेसियन नागरिकले कडा परिश्रम गर्नुपर्ने, कडा मेहनतका साथ पढ्नु पर्ने र मुलुकका लागि काम गर्नुपर्ने प्रधानमन्त्री महाथिरको आग्रह छ ।
मलेसियामा पछिल्लो १० बर्ष भित्रमा ५७ हजार विदेशीले मलेसियाको नागरिकता लिएका छन् । यसरी नागरिकता लिनेमा सवैभन्दा धेरै ईण्डोनेशियाली छन् भनें त्यसपछि भारतीय र चिनियाँ नागरिक हुन् ।
यो पनि पढ्नुहोस् आइतवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य
