मलेसियामा विदेशी कामदारको तलव काट्ने निर्णयको विरोधमा उत्रिए ट्रेड युनियन र अधिकारवादीहरु

काठमाडौं, पुष १-

मलेसियामा श्रमिकको न्यूनतम तलवबाट २० प्रतिशत कटौति गरेर स्वदेश फर्किने बेलामा मात्र फिर्ता दिने प्रस्तावको विरोध मलेसियामा नै सुरु भएको मलेसियाको ट्रेड युनियन तथा गैरसरकारी संस्थाहरु यसले विदेशी श्रमिक शोषणमा पर्ने बाध्यकारी श्रममा फस्ने भन्दै यसको विरोधमा उत्रिएका हुन्

मलेसियन ट्रेड युनियन कँग्रेस(एमटीएमसी) का महासचिव जे सोलोमनले मलेसिया सरकारको पछिल्लो प्रस्तावले मलेसियामा बाध्यकारी तथा बँधुवा मजदुर प्रवृत्तिलाई प्रोत्साहित गर्ने बताए उनले यसले अन्तराष्ट्रिय श्रम संगठन(आईएलओ) को प्रावधानको पनि उल्लंघन गर्ने बताए

“गलत सुझाव दिनेहरुको भनाईमा लागेर मन्त्री(कुलासेगरन)ले यस्तो निर्णय गरेको हुनसक्छ” सोलोमनले भनेका छन् “अहिले नै कतिपय रोजगारदाताले कानून विपरित श्रमिकको राहदानी(पासपोर्ट) कव्जामा राखेर उनीहरुलाई भाग्नबाट रोक्ने प्रयास गरेका छन् ।”   

तलव कटौती गर्ने कार्यले विदेशी कामदारको अवस्थालाई अझ खराव बनाउने उनीहरुको कमाई बसोवासको अवस्था अझ खराव हुने सोलोमनको भनाई उनले नयाँ सरकारले कामदारलाई बस्तुको रुपमा नलिने अपेक्षा पनि प्रकट गरेका छन् । यसअघि नर्थ साउथ ईनिसिएटीभका एड्रिन परेराले पनि यसको विरोध गरेका थिए ।  

यसअघि शनिवार मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले यस्तो प्रस्ताव गत हप्ता नै नेशनल लेवर एडभाइजरी काउन्सील (एनएलएसी) मा प्रस्तुत भइसकेको यसले रोजगारदाता श्रमिक दुवै पक्षको जीत हुने अवस्था सिर्जना हुने बताएका थिए मलेसियाले विदेशी कामदारलाई सुरुमा गएको रोजगारदाता छोडेर भाग्ने प्रवृत्तिलाई २० प्रतिशत रकम कटौती गरेर सोक्सोमा राख्ने व्यवस्थाले रोक्ने मलेसिया सरकारको तर्क । 

यो पनि पढ्नुहोस् युरोपका पछिल्ला नेपाली पाहुनाः फेरिएको परिचय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय