मलेसियामा २० प्रतिशत तलव कट्टा गर्ने सरकारको प्रस्ताव, श्रमिक मर्कामा पर्ने

क्वालालम्पुर, मंसीर २९-

मलेसियाको मानव संशाधन मन्त्रालयले यहाँ कार्यरत विदेशी श्रमिकको तलवको २० प्रतिशत रोजगारदाताले कटौति गर्न पाउने प्रस्ताव अगाडी सारेको मलेसियाका मानव संशाधन मन्त्रीले विदेशी कामदार ल्याउँदा लाग्ने खर्च असुल्न रोजगारदाताले आधारभूत तलवको २० प्रतिशत कटौति गर्न पाउने  प्रस्ताव गरेका हुन्

मलेसियाको अनलाइन सनले सरकारी सञ्चार माध्यम बनर्माको समाचार छाप्दै कुलासेगरनले मलेसियाका रोजगारदाताले कामदार भाग्ने समस्या खेपिरहेको भन्दै तलव कटौतिले रोजगारदातालाई राहत पुग्ने तर्क गरेको लेखेको

मन्त्रालयको प्रस्ताव गत हप्ता नेशनल लेवर एडभाइजरी काउन्सील(एनएलएसी) मा प्रस्तुत भएको र छिट्टै नै यस बारेमा सरोकारवालाहरुसँग छलफल हुने मन्त्री कुलासेगरनले बताएका छन् । उनले यसलाई अन्तिम रुप दिनुुअघि सारोकारवालासँग छलफल गरिने बताए ।  

यदि यो लागु भएमा रोजगारदाता र कामदार दुवैको जित हुने अवस्था सिर्जना हुने मन्त्री कुलासेगरनको तर्क छ । मन्त्री कुलासेगरन रवर ग्लोव उद्योगका ६० जना रोजगारदातासँगको छलफलपछि बोल्दै थिए । 

कुलासेगरले काटिएको तलव सोस्को(सोसल सेक्यूरिटी अर्गनाइजेशन) मा राखिने र करार अवधि सकेर स्वदेश फर्किने अवस्थामा कामदारलाई फिर्ता गरिने बताए । 

कुलासेगरनका अनुसार सो विषयमा रोजगारदातहरुसँग बैठकमा छलफल भएको र अधिकाँशले यसको स्वागत गरेका छन् । उनले यो प्रस्ताव मलेसियाको नयाँ नभएको र यस प्रकारको पद्धती दक्षिण कोरिया तथा जापानमा यसअघि नै प्रचलनमा रहेको प्रष्ट पारे ।

कानुन पालनामा निक्कै कमजोर मलेसियामा सरकारले प्रस्ताव गरेको यो विधि कार्यान्वयन हुनेमा शंका गर्ने ठाउँ प्रसस्त छ । रोजगारदाताबाट धेरै समस्या खेप्नुपर्ने मलेसियामा सुरुमा रोजगारीका लागि गएको कम्पनी छोडेर अन्यत्रै काम गर्न विदेशी श्रमिक बाध्य हुने गरेका छन् । यदि मलेसिया सरकारको पछिल्लो निर्णय कार्यान्वयन भएमा बाध्यकारी श्रमलाई बढावा दिनेछ ।

यो पनि पढ्नुहोस् टप ग्लोवमा नआउन नेपालीको आग्रह, चार घण्टा काम गराउँदै डेढ घण्टाको पैसा दिने गरेको आरोप

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय