टप ग्लोवमा नआउन नेपालीको आग्रह, चार घण्टा काम गराउँदै डेढ घण्टाको पैसा दिने गरेको आरोप

 

क्वालालम्पुर, मंसीर २८- 

मलेसियाको टप ग्लोव कम्पनीमा कार्यरत नेपालीहरुले आफूहरुलाई कम्पनीले ठगेको गुनासो गरेका छन् । उनीहरुले बढी समय ओभरटाइम  काम गराएर कम समयको पैसा दिने गरेको, होष्टलमा खाना बनाएर खान समेत नदिइएको भन्दै यसका बारेमा सम्वन्धित निकायले आवाज उठाइदिनु पर्ने माग गरेका छन् । 

देश परदेशसँगको कुराकानीमा भोला ओेझाले भने टप ग्लोवमा दैनिक १२ घण्टा काम गरेमा अढाई घण्टाको मात्र अतिरिक्त पारिश्रमिक(ओटी) दिइन्छ । यो कुरा कसले उठाइदिने ? 

यसैगरी दिपक श्रेष्ठले पनि दैनिक कम्पनीले १२ घण्टा काममा लगाउने तर पैसा भनें साढे १० घण्टाको मात्र दिने र छुट्टीको दिनमा धेरै पैसा हुन्छ भनेर काम गराएपनि पैसा अरु दिनकै जस्तो दिने गरेको बताए । उनले यस्तो फटाहा कम्पनीमा कोहि नेपाली नआओस् भन्ने आग्रह गरे ।  

विर्सन खड्काथोकीले आफू पनि टप ग्लोव कम्पनीमा नै काम गर्ने भन्दै सो कम्पनीमा बेसिक तलव १ हजार भएको बताए । उनले महिनाभरी काम गर्दा १३–१४ सय रिंगिट तलव आउने र कामदारलार्ई हेपिने गरेको तथा खाना बनाएर खान समेत नपाउने गरेको जानकारी दिए । 

निशान मगर भन्छन्ः हो टप ग्लोव कम्पनीमा कुनै सुविधा छैन । म यहि कम्पनीमा काम गर्छु । हरेक कुरामा पैसा काटिन्छ । यसैगरी मनबहादुर कँडेलले कसैले दैनिक एकदुई घण्टा ओटी गरेन भनें कम्पनीको सुभपरभाइजरले एक्सन लिन्छ भन्दै काम गरेको समयको ओटीको पैसा भनें पाइन्न भनेका छन् । हरी पाण्डेले पनि आफू सोही कम्पनीमा कार्यरत रहेको र दैनिक ४ घण्टा अतिरिक्त समय काम गराएर डेढ घण्टाको मात्रै ओटी दिने फटाहा कम्पनीमा नआउन आग्रह गरे । 

टप ग्लोव कम्पनीले नेपाली लगायतलाई दैनिक ४ घण्टा बाध्यकारी रुपमा ओभरटाइम काम गराएर सो वापतको रकम नदिएको खवर सार्जजनिक भएपछि मलेसियामा यसले तहल्का पिटेको छ । सो कम्पनीको उत्पादन नकिन्न दवाव बढ्दै गएपछि मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले पत्रकार सम्मेलन गरी समाचारमा भनिएअनुसार टप ग्लोवमा कामदारलाई ठगि गरेको आफूहरुले नपाएको स्पष्टीकरण दिएका थिए । 

यो पनि पढ्नुहोस्  युएईको रोजगारी पछि स्वदेश फर्केर उद्यम गर्ने प्रयास(अडियो) 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय