एउटै सहकारी मार्फत १७ सय स्वरोजगार

कञ्चनपुर, मंसिर २७-

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५ सय रकम कर्जाका रूपमा परिचालन गरी एक हजार ७४८ जनालाई स्वरोजगार बनाएको छ ।

आव ०७४र७५ मा आबद्ध सदस्यलाई सहकारीले कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन, शैक्षिक र आवास निर्माणका लागि कर्जा प्रदान गरेको हो । सदस्यहरूलाई प्रवाह गरेको कर्जामध्ये रु चार करोड ४१ हजार ४४३ रकम असुली गरेको छ । सहकारीले सदस्यबाट रु एक करोड ८५ लाख २४ हजार ५७ कर्जा असुली गर्न बाँकी रहेको छ ।

सहकारीले कृषि कर्जामा रु ८० लाख ३७ हजार ९१२, व्यापारमा रु ७६ लाख ३४ हजार २०५, कुखुरापालनमा रु १२ लाख २७ हजार, बङगुरपालनमा रु ४२ हजार ७८५, शैक्षिक कर्जामा रु सात लाख ८० हजार र आवास कर्जामा रु चार लाख २४ हजार १५५ रकम लगानी गरेको छ । लगानी गरिएको रकमबाट सहकारीले रु एक लाख ५१ हजार १५२ खुदनाफा आर्जन गरेको सहकारीका अध्यक्ष धनबहादुर चौधरीले बताए ।

सहकारीले सञ्चालनमा ल्याएका दैनिक बचत, मासिक बचत, खुत्रुके बचत, ऐच्छिक बचत र आवधिक बचतमा गरी रु १२ करोड ३० लाख ७० हजार २६८ रकम बचत गरेको उनले बताए । सहकारीमा विपन्न, मुक्त कमैया, आरक्ष विस्थापित समुदायका व्यक्ति आबद्ध रहेका छन् । आर्थिक, समाजिक, शैक्षिक र सांस्कृतिकरूपले पछाडि परेका वर्ग र समुदायको सहकारीको माध्यमबाट सेवासुविधा पु¥याउने उद्देश्य लिएको छ ।

सहकारीका सदस्यलाई व्यावसायिक तरकारी खेतीका माध्यमबाट आत्मनिर्भर बनाउन चालू आवदेखि दुई परियोजनासँग सहकार्य गरी कार्य बढाइन लागेको सहकारीका प्रबन्धक लक्ष्मी सेटीले बताए । सहकारीलाई दिगोरूपमा सञ्चालन गर्न पाँच वर्षीय रणनीतिक योजना निर्माणको कार्यसमेत गरेका छौँ,” उनले भने, “सेयर सदस्य वृद्धि गरी पाँच हजार पु¥याउने र सेयर पूँजीमा वृद्धि गरी रु ४० लाख पु¥याउने लक्ष्य लिएका छौँ ।सहकारीको हाल शेयर पूँजी रु २७ लाख ४७ हजार ९०० रहेको छ । सहकारी विसं २०६८ मा स्थापना भएको हो । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: