काठमाडौं, मंसीर २५-
मलेसियाको टप ग्लोव कम्पनीले बाध्यकारी रुपमा विदेशी श्रमिकलाई अतिरिक्त समय काम गराएको विषय अन्तराष्ट्रि य सञ्चारमाध्यमले उठाएपछि सो कम्पनी विवादमा परेको छ । बेलायतमा ठूलो मात्रामा ग्लोव सप्लाई गर्ने सो कम्पनीमा काम गर्ने विदेशी कामदारले जवर्जस्ती अरिरिक्त समय(ओभरटाइम) काम गर्नु परेको भन्दै बेलायती सञ्चारमाध्यम रोयटर्सले समाचार छापेपछि विवाद सुरु भएको हो ।
विश्वमा खपत हुने मध्ये ६० प्रतिशत ग्लोेव उत्पादन गर्ने टप ग्लोेव कम्पनी विवादमा मुछिएपछि त्यसको प्रतिरक्षामा मलेसिया सरकार उत्रिएको छ । मलेसियका मानव संशाधन मन्त्री एम कुलासेगरनले मंगलवार आयोजित पत्रकार सम्मेलनमा टप ग्लोवका ईपो, केलाङ लगायतका कम्पनीहरुको अवलोकन पश्चात आयोजित पत्रकार सम्मेलनमा विदेशी श्रमिकहरु धेरै पैसा कमाउन स्वेच्छाले अतिरिक्त समय काम गरिरहेको र त्यो मलेसियाको कानून अनुसार नै रहेको दावी गरे ।
मन्त्री कुलासेगरले टप ग्लोव कम्पनीलाई लगाइएको अभियोग गलत भएको भन्दै सो कम्पनीले कानून अनुसार नै काम गरिरहेको, कुनै गलत काम नगरेको भन्दै समाचारको खण्डन गरे ।
टप ग्लोव कम्पनीका कार्यकारी अध्यक्ष लीम वी चेई सहित पत्रकार सम्मेलन गरेका कुलासेगरनले विदेशी कामदारहरुले धेरै कमाएर पैसा घर पठाउन दैनिक चार घण्टासम्म अतिरिक्त समय काम गर्ने गरेको पाएको र सो मलेसियाको कानून विपरित नभएको बताए ।
“कुनै पनि श्रमिकलाई ओभरटाइम काम गर्न बाध्य बनाउन पाइन्न” पत्रकार सम्मेलनमा मानव संशाधन मन्त्री कुलासेगरनले भने “तर विदेशी कामदार यहाँ काम गर्न आएका कारण उनीहरुले राजीखुशीले अतिरिक्त समयमा काम गरेको पाइयो ।” उनले भनेः मलेसियन नागरिक भए पो कहिले उनीहरुको आफन्तकोे विहे हुन्छ, यताउता जानु पर्छ, त्यसैले उनीहरु ओभरटाइम गर्दैनन्, तर विदेशी श्रमिकलाई यहाँ गर्नु अरु केहि छैन, त्यसैले उनीहरु राजीखुशी काम गर्छन् । उनले कसैलाई पनि बाध्यतापूर्वक अतिरिक्त समय काममा नलगाइएको भन्दै कम्पनीको बचाउ गरेका छन् । कानून अनुसार कसैलाई पनि बाध्य बनाउन नपाइने उनले प्रष्ट्याए । उनले चार घण्टा अतिरिक्त समय काम कानूनी भएको भन्दै सो भन्दा बढी समय कसैले ‘स्वयंसेवा’ गर्छु भन्दा पनि नपाउने तर्क गरे ।
कम्पनीका कार्यकारी अध्यक्ष लिम वी चाईले पत्रकार सम्मेलनमा कुनै पनि श्रमिकले ओभरटाइम गर्दिन भन्न पाउँछ भन्दै कम्पनीले कसैलाई यसका लागि बाध्य नबनाएको तर्क गरे । मलेसियाको कानूनले चार घण्टा दैनिक ओभरटाइममा लगाउन पाइने व्यवस्था भएका कारण सोही अनुरुप काममा लगाइएको उनको भनाई थियो । उनले मलेसियामा रोजगारीका लागि आउनेहरुले आफूले ओभरटाइम नपाएको गुनासो गर्ने गरेको भन्दै आफ्नो कम्पनीले राजीखुशीले गर्न चाहनेहरुलाई कानून अनुसारको अतिरिक्त समय काम उपलव्ध गराएको तर्क गरे ।
कुनै कामदारसँग अव रकम असुल्न पाइन्न
पत्रकार सम्मेलनमा नेपालसँग हालैै भएको श्रम समझदारीको प्रसँग उठाउँदै मन्त्री कुलासेगरनले श्रम समझदारी अनुसार कुनै पनि नेपाली कामदार ल्याउने कम्पनीले कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने बताए । आइएलओको प्रावधान अनुसार श्रमिकसँग कुनै पनि शुल्क लिन नपाइने र यसलाई पालना गर्न मलेसिया सरकार प्रतिवद्ध भएको उनको भनाई थियो । “नेपालसँगको सम्झौतामा हामीले हवाई टिकट समेत रोजगारदाताले नै व्यहोर्नुपर्ने गरी सम्झौता गरेका छौं” उनले भने “पहिले यो थिएन, त्यसैले अव यसलाई स्थापित गर्ने प्रयासमा छौं ।”
पासपोर्ट कामदारको अधिकार
पत्रकार सम्मेलनमा पत्रकारले केहि कामदारले आफूहरुको पासपोर्ट कम्पनीले खोसेर राखेको भनेर गरेको गुनासोलाई पनि उठाएका थिए । त्यसको जवाफमा एक सरकारी अधिकारीले पासपोर्ट आफूसँग राख्न पाउने कामदारको अधिकार भएको भन्दैै तिनिहरु लकरमा राख्ने गरिएको र त्यसको चावी कामदारलाई नै दिने गरिएको पाएको दावी गरे ।
नागरिक समाजको विरोध
टप ग्लोव कम्पनीले कानून अनुसार नै काम गरिरहेको भन्दै मलेसिया सरकार प्रतिरक्षामा उत्रिएपछि मलेसियामा श्रमिक अधिकारको पक्षमा काम गरिरहेका संस्थाहरु भनें यसको विरोधमा उत्रिएका छन् । राइट टु रिड्रेड कोलिसन(आरटूआर) ले एक विज्ञप्ती जारी गर्दै विश्वस्तरमै प्रश्न उठिसकेपछि यसको निश्पक्ष छानविन गर्नुको साटो मलेसिया सरकार कम्पनीको प्रतिरक्षामा उत्रिएको बताएको छ ।
उसले पत्रकार सम्मेलन मार्फत मलेसियाको सरकार अन्तराष्ट्रिय सञ्चार माध्यमले प्रश्न उठाएपछि हुने सम्भावित क्षतिलाई रोक्न अघि सरेको धारणा राखेको छ । उसले मन्त्री कुलासेगरनकोे टप ग्लोव फ्याक्ट्रीको आकस्मीक भ्रमण अनुसन्धान गर्ने भन्दा पनि बचाउमा केन्द्रीत देखिएको जनाएको हो । उसले ११ सय रिंगिट तलव अत्यन्त थोरै भएका कारण विदेशी श्रमिकहरु अत्यधिक समय अतिरिक्त काम गर्न बाध्य भएको तर्फ सरकारको ध्यानकर्षण गराएको छ ।
यो पनि पढ्नुहोस् विदेशबाट फर्केका र शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन चाहनेलाई समस्या
