काठमाडौं, मंसीर २४-
बैदेशिक रोजगारमा नेपालीलाई पठाउने मेनपावर कम्पनी मध्ये कुन असल, कुन खराव भन्ने अनलाइन मार्फत नै हेर्न सकिने भएको छ । अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आइटीयूसी) ले सञ्चालन गरेको वेभसाइट https://www.recruitmentadvisor.org/ne ले तपाईलाई मेनपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिन्छ ।
यो वेभसाइट नेपालसँगै ईण्डोनेशिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ सुरु भएको छ । यस वेभसाइटमा हरेक मुलुकका लागि अलग्गै भाषामा पेजहरु रहेका छन् । नेपालमा यो वेभसाइटको व्यवस्थापनको जिम्मेवारी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)ले गर्दै आएको छ ।
आइटीयूसीले https://www.recruitmentadvisor.org/ne वेभसाइटले बैदेशिक रोजगारमा जान चाहनेहरुलाई सही मेनपावर कम्पनीको छनौट गर्न मद्धत गर्ने विश्वास प्रकट गरेको छ। यसमा बैदेशिक रोजगारका क्रममा रहेकाहरु वा बैदेशिक रोजगारबाट फर्केकाहरुकै मूल्याङ्कनका आधारमा सम्वन्धित मेनपावर कम्पनीहरुको स्तर निर्धारण हुने गर्दछ । यसले बैदेशिक रोजगारमा जान चाहनेहरुलाई सही मेनपावर कम्पनी छनौट गर्न पुग्ने अपेक्षा गरिएको छ ।
यो पनि पढ्नुहोस् बैदेशिक रोजगारीबाट फर्केकाहरुका लागि निःशुल्क सीप परिक्षण, यस्तो छ व्यवस्था
