१ सय ९४ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सुचिकरण भए(सूची सहित)

काठमाडौं, मंसीर २१-

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा विहिवार(मंसिर २०) सम्ममा १ सय ९४ रोजगारदाता सूचिकृत भएका छन् । सूचिकरण कार्यलाई सहज र सरल बनाउन अनलाईन पद्धति अपनाईएकोले पनि रोजगारदातालाई सूचिकरण प्रकृयामा आउन सहज भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

गत मंसीर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएको घोषणा गरेका थिए । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यविधि अनुसार सुरुमा रोजगारदाता सूचिकृत हुनुपर्दछ । सुचिकरण सुरु भएको तीन महिनाभित्र आफ्नो प्रतिष्ठान वा संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचिकरण गरिसक्नुपर्ने व्यवस्था छ ।

योगदानमा आधारित सामजिक सुरक्षा योजनाले रोजगारदाता तथा श्रमिक एवं कर्मचारी सबैको हित सुनिश्चित गर्ने हुँदा यो कानूनी व्यवस्थाको सफल कार्यान्वयन गरी नेपालको औद्योगिक वातावरण अझ राम्रो बनाउन रोजगारादातालाई आफ्नो तथा श्रमिक एवं कर्मचारीको सूचिकरण गरी योगदानमा आधारित सामाजिक योजनालाई सफल बनाउन सामाजिक सुरक्षा कोषले आव्हान गरेको छ ।

सुचिकरणमा गएका रोजगारदाताको सूचि हेर्नुहोस् 

रोजगारदाताको सूचि 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: