मलेसियामा तत्काल आममाफी नखुल्ने, विदेशी कामदार लिन छुट्टै प्रकृया अपनाउने तयारी

काठमाडौं, मंसीर १९-

मलेसियाले तत्काल गैरकानूनी रुपमा बसिरहेका आप्रवासी कामदारलाई बैधानिक हुन वा विना झण्झट स्वदेश फर्किन कुनै आममाफी नखोल्ने भएको छ । मलेसियाका उपगृहमन्त्री मोहम्मद अजिस जमानले सरकारको तत्काल कुनै त्यस्तो योजना नभएको बताएको फ्रिमलेसियाटुडे अनलाइनले समाचार लेखेको छ ।   

“यसले रोजगारदाता र कामदारलाई सकारात्मक सन्देश दिंदैन” उनले भने “पटक-पटक आममाफी दिंदा अझ धेरै गैरकानूनी रुपमा बस्न मुलुकले नै प्रेरित गरेको ठहरिन्छ ।”

यसैबीच उपगृहमन्त्री अजिसले मलेसियाले विदेशी कामदार लिने विषयमा एउटै प्रणाली सुरु गर्न लागेका कारण यसले अझै केहि समय लिने संकेत गरेका छन् । उनले हरेक मुलुकका आफ्नै प्रकृया रहेको भन्दै मलेसियाले तिनिहरुमा एकरुपता ल्याउन चाहेको बताएका छन् । यसका लागि हाल गृहकार्य भइरहेको उनको भनाई छ । यसले कुन क्षेत्रमा कति विदेशी कामदार आवश्यक छ भन्ने प्रष्ट हुने र विदेशी कामदार व्यवस्थापन गर्न सहज हुने समेत बताएका छन् ।

नेपाल र मलेसियाबीच कामदार आदानप्रदान सम्वन्धि श्रम समझदारीपत्रमा हस्तक्षर भइसकेपनि श्रमिक जाने प्रकृया सुरु भइसकेको छैन । यसबीचमा नेपाली कामदार पठाउने विषयमा नेपाली पक्षबाट नै आर्थिक चलखेल भइरहेको समाचार सार्वजनिक भइरहेका बेला मलेसियाका उपगृहमन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो ।

यो पनि पढ्नुहोस् मलेसिया कहिले जान थाल्छन्, नसोध्नुस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय