
काठमाडौं, मंसीर १३-
बैदेशिक रोजगारको क्रममा विभिन्न सीप आर्जन गरेर स्वदेश फर्केका व्यक्तिहरुले आफूले सिकेको सीप परिक्षण गराई सीप आर्जनको प्रमाणपत्र निःशुल्क रुपमा लिन पाउने भएका छन् । यसका लागि फारम भर्ने काम सुरु भइसकेको छ ।
यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद(सीटीईभीटी) राष्ट्रिय सीप परिक्षण समितिले आफ्नो वेभसाइट www.nstb.org.np मा त्यसको फारम राखेको छ । यसैगरी ईच्छुक व्यक्तिले बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेभसाइट fepb.gov.np मा पनि सो फारम भेट्नेछन् ।
सीप परिक्षणमा सहभागि हुन चाहनेले फारम भरेर आगामी पुष ११ गते भित्रमा बुझाउन बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले आग्रह गरेको छ ।
२० वटा विषयमा हुने तह १ को सीप परिक्षणमा एक व्यक्तिले एक पेशाको लागि मात्र सीप परिक्षण दिन पाउनेछन् । बढीमा १ हजारको परिक्षण पहिलो चरणमा हुने भएका कारण छिटो फारम भर्र्न र बाँकी रहेका व्यक्तिका लागि अर्कोपटक सीप परिक्षण गरिने बोर्डले जनाएको छ ।
कहाँ बुझाउन सकिन्छ सीप परिक्षणको फारम सूची हेर्नुहोस्