सकियो विदेशको कमार्ई, ऋणबाट उपचार गर्दै

काठमाडौं, मंसीर १२-

काठमाडौको त्रिभुवन शिक्षण अस्पतालको रेष्पी वार्डको ७१५ नम्वर शौयामा मोरङ्ग पथरीशनिश्चरेका राम प्रसाद पोखरेल करिव एक महिना अघिदेखि उपचाररात छन् स्क्रप टाइफस रोगले थलिएका पोखरेल विभिन्न अस्पताल विभिन्न शैया हुँदै एक महिनायता शिक्षण अस्पतालमा उपचार गराउँदैछन्

वैदेशिक रोजगारबाट फर्केर नेपालमा ट्याक्सी चलाउन थालेका उनी ट्याक्सीमा मान्छे पुर्याउन वुटवल पाल्पा पुगेका थिए त्यहाँबाट फर्केर काठमाडौ आएपछि उनी विरामी परे ट्याक्सी चलाएर जनाको परिवार पाल्दै आएका पोखरेल विरामी भएपछि उपचारका लागि सुरुमा ग्राण्डी अस्पताल पु¥याइयो जीवन वचाउन सकिएला कि भनेर महँगो उपचार गरायो परिवारले १४ दिन त्यहाँ राखेर उपचार गरिएपनि पोखरेलको स्वास्थ्यमा सुधार भएन ग्रेण्डीमै उपचार गर्ने आर्थिक हैसियत पुगेन अनि शिक्षण अस्पतालमा उपचार सुरु गरियो उनकी श्रीमती चन्द्राले भनिन

पहिला नै सरकारी अस्पतालमा उपचारका लागि प्रयास गरिए पनि काठमाडौका अस्पतालमा भ्यान्टीलेटर ग्राण्डीमा मात्र उपलव्ध भएपछि उनको उपचार त्यहि थालिएको थियो १४ दिन उपचार गर्दा उनको उपचारका लागि मात्र १२ लाख माथी खर्च भएपछि परिवार आत्तियो उपचारका लागि साथीभाइ आफन्तले आर्थिक सहयोग गरेपनि त्यो पर्याप्त भएन

सुरुवातमा निमोनियाको जस्तो लक्षण देखीए पनि उनको रोगको पहिचान स्क्रप टाइफस भन्ने प्रमाणीत भयो शिक्षण अस्पतालमा अति शघन उपचार कक्षमा २८ दिन उपचार गरेपछि हाल चिकित्सकले पोखरेललाई वाडमा सारेर उपचार गरिरहेका छन्

रोजगारीका लागि कतार साउदी अरेवियामा काम गरे उनले १० वर्षसम्म खाडीमा गरेको रोजगारीबाट बचेको पैसाले ट्याक्सी किनेर चलाउँदै आएका थिए उनी वैदेशिक रोजगारवाट फर्किएका नेपाली नै उनका यात्रु हुने गरेका थिए काठमाडौका गेष्टहाउसको सम्पर्कमा आउने नेपालीका लागी लामो यात्राका लागि पनि उनी ट्याक्सी दौडाउने गर्ने गर्थे

उपचारमा हालसम्म ३० लाख भन्दा वढि खर्च भईसकेको उनको परिवारले जानकारी दिएको अहिलेसम्म सवै ऋण कसरी पछि यत्रो पैसा तिर्ने भन्ने उनकी श्रीमती चन्द्राले भनिन

सुरुमा उनको स्वास फेर्न खाना खान चिकित्सकले उनको घाटीमा प्वाल वनाएर उपचार गरेका थिए अहिले पोखरेलले मुखैबाट नै खाना खान सक्ने भएका छन् लामो समयसम्म अस्पतालमा उपचारारत पोखरेलको उपचारका लागि परिवारले अपिल गरेको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: