
लक्ष्मण सापकोटा, युएई मंसीर ११-
शरिरका दुवै मृगौलाले काम गर्न छोडेपछि अस्पतालको वेडमा जीवनसँग संघर्ष गरिरहेका सुमन परियारकी श्रीमति सविताले आफ्ना पतिको जीवन बचाइदिन आग्रह गरेकी छन् । युएईको राजधानी आवुधावीको खलिफा अस्पतालमा विगत २ हप्तादेखी उपचाररत सुमनकी श्रीमती सवितालाई युएई ल्याउनको लागि केही दिन अगाडी देखी पहल गरिएको थियो । युएईमै कार्यरत गायक प्रकाश पौडेल लगायतका ब्यक्तिहरुको पहलमा सविता युएई आएकी हुन् ।
चितवनको रत्ननगर नगरपालीका टाँडीका समुन परियारको समाचार पहिलोपटक देश परदेशमा प्रकाशित भएको थियो । त्यसपछि उनका बारेमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले चासो राखेका थिए । सविताले समाचार प्रकाशित भएपछि उपचारको लागि देश तथा विदेशवाट सहयोग आइरहेको जानकारी गराइन ।
दुईहप्ता देखी अस्पतालको शैयामा रहेका सुमनको सोमवारसम्म ९ पटक डाएलासिस गरिसकिएको छ । श्रीमतीलाई आफ्नो साथमा पाएपछि उज्यालो मुद्रामा देखीएका सुमन विगत साढे २ वर्षदेखी युएईमा कार्यरत थिए ।
खान मन नलाग्ने वान्ता भइरहने भएपछि ग्याष्ट्रीकले होला भनेर अस्पताल नगई सहेर वसेका सुमन लगातार चार पाँच दिनसम्म वान्ता भएपछि हस्पिटल गएका थिए । हस्पिटलमा रगत जाँच गरेपछि दुवै मृगौलाले काम नगरेको चिकित्सकले भनेपछि थाहा पाएका थिए । परिवारको आर्थिक स्रोत कमजोर भएको सुमनको देश तथा विदेशवाट उपचारको लागि सहयोग आउन थालेपछि वाँच्ने आश पलाएको छ ।
कुराकानीको क्रममा गहभरी आँशु पार्दै देशपरदेशसँगको कुराकानीमा सविताले सुमनको उपचारको लागि सहयोग गरिदिन अपिल पनि गरेकी छन ।
सुमनलाई सहयोग गर्न चाहनेले चितवनमा सुमनका बाबु शितलवावु परियारलाई ९८४५४०६३५४ आमा चम्पा परियार ९८४५५२३३१९ सम्पर्क गरेर वा आमा चम्फा परियारको वैंक खातामा पनि रकम जम्मा गर्न सक्नुहुनेछ । ग्लोवल आइएमई बैंक, टाँडी शाखामा चम्फा परियारको खाता नं ४२०७०१०००२८३५ मा रकम जम्मा गरिदिन सक्नुहुन्छ ।
यो पनि पढ्नुहोस् खलिफा अस्पताल, वेड नम्वर २२