बाबु कामदार खोज्दै, छोराछोरी काम खोज्दै

काठमाडौं, मंसीर ८-

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले नेपालमा श्रम गर्ने संस्कृतिमा आएको ह्रास प्रति चिन्ता व्यक्त गरेका छन् उनले नेपालमा श्रमको सम्मान नगर्ने प्रबृत्ति भएको भन्दै त्यसैले नै अहिले बाबु धान काट्ने श्रमिक खोज्न बजार पुग्ने उहि व्यक्तिको छोरो वा छोरी काम खोज्न खाडी मलेसिया पुग्ने गरेको तीतो यथार्थ रहेको धारणा राखे  

उनले स्वदेशमा रोजगारीको अवसर कम भएको हल्ला धेरै भएको भन्दै विदेशमा जस्तोसुकै काम गर्न पनि तयार हुने तर स्वदेशमा काम नगर्ने प्रबृत्ति अन्त्य गर्ने हो भनें स्वदेशमा नै रोजगारीको अवसर उपलव्ध हुने बताए

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) अन्तर्गतको ट्रेड यूनियन पोलिसी ईन्स्टिच्यूटले विश्वविद्यालय शिक्षामा श्रम विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्रा.डा. डम्वर चेम्जोङले नेपालको सामाजिक चिन्तन नै श्रममैत्री नभएको भन्दै श्रमलाई सम्मान गर्ने परम्परा नरहेको बताए उनले अमेरिकाका पूर्व राष्ट्रपतिहरु विभिन्न रेष्टुराँमा काम गरेर आएकोमा कुनै ग्लानी महशुस नगर्ने भन्दै एउटा नेपालीलाई भनें सो काम गर्न लज्जाबोध हुने गरेको यसको अन्त्य नभएसम्म नेपालीमा श्रमलाई सम्मान गर्न धारणा विकास हुन नसक्ने बताए

कार्यक्रममा स्कूल आफ म्यानेजमेण्ट एण्ड लेवर, मुम्वईका प्रा.डा. प्रविन सिन्हाले विश्वविद्यालयहरु श्रमबजारबीच एकप्रकारको खाडल रहेको धारणा राखे उनले यो खाडल पुर्न जरुरी रहेको भन्दै अन्यथा श्रम बजारको माग एकातिर हुने विश्वविद्यालयहरुको उत्पादन अर्कै प्रकृतिको हुने बताए भारतको प्रसिद्ध सुचना प्रविधि कलेजबाट उत्पादन भएका ४५ प्रतिशत विद्यार्थी दक्ष नहुने गरेको तथ्याँकले नै पुष्टि गरेको उनको भनाई थियो

उनले नेपालमा ठूलो श्रमशक्ति अनौपचारिक क्षेत्रमा रहेको त्यसलाई समेत समेटेर श्रम ऐन, २०७४ तथा सामाजिक सुरक्षा ऐन आउनु खुसीको कुरा भएको बताए उनले नेपाल, भारत लगायतका मुलुकमा रहेको केहि परम्परागत धारणामा परिवर्तनको खाँचो औंल्याए प्रा.डा. सिन्हाले भारतमा २३ प्रतिशत महिला मात्र श्रम क्षेत्रमा लागेको तथ्याँक रहेको भन्दै उनीहरुले घरायसी रुपमा गर्ने श्रम अझै पनि श्रमको दायरामा आउन नसकेको बताए यसैगरी घरआधारित श्रमिकलाई पनि उनीहरुको योगदानको गणना हुन नसकेको भन्दै यसमा नेपालको कानूनले उनीहरुलाई समेट्नु उदाहरणिय भएको विचार प्रकट गरे      

सो अवसरमा चाइना युनिभर्सिटी अफ लेवर रिलेसनकी प्रा.डा. यु लिङले चिनिया कम्यूनिष्ट पार्टी त्यहाँको ट्रेड यूनियनबीचको अन्तरसम्वन्धका बारेमा जानकारी दिइन् उनले हरेक बर्ष आफ्नो विश्वविद्यालयले हजार ट्रेड यूनियन कार्यकर्ताहरुलाई पढाउने गरेको बताइन् यसैगरी आफ्नो विश्वविद्यालयले नियमित रुपमा श्रमिकका लागि कक्षा सञ्चालन गर्ने गरेको पनि उनको भनाई थियो

कार्यक्रममा विभिन्न विश्वविद्यालयमा प्राध्यापनरतहरु, ट्रेड यूनियनकर्मीहरु तथा साँसदहरुले जिज्ञासा धारणा राखेका थिए

यो पनि पढ्नुहोस उपदान पेन्सन सहितको सामाजिक सुरक्षा कार्यक्रम प्रधानमन्त्रीले उद्घाटन गर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: