
काठमाडौं, मंसीर ६-
सरकारले बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि घोषणा गरेको सहुलियत व्याज दरको ऋणका लागि सुचना निकालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको निकाय बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक सुचना प्रकाशित गर्दै ऋण लिन चाहनेहरुलाई पुष मसान्तभित्रमा आवेदन दिन आग्रह गरेको हो ।
बोर्डले एक सुचना प्रकाशित गर्दै बैदेशिक रोजगारीको क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की स्वदेशममै पेशा व्यवसाय उदम गर्न ईच्छुहरुका लागि चालु आर्र्थिक बर्षमा रु १० लाखसम्म सरल कर्जा लिन ईच्छुक व्यक्तिलाई फारम भरेर पुष मसान्त भित्रमा बोर्डको सचिवालयमा बुझाउन आग्रह गरिएको छ ।
सो निवेदन बोर्डको वेभसाईट www.fepb.gov.np बाट डाउनलोड गर्न सकिने जनाइएको छ ।
विदेशबाट फर्केकाहरुलाई दिने ऋणको व्यवस्थामा सुधार्नुपर्ने कुरा