
क्वालालम्पुर, मंसीर ५-
मलेसियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । सुरक्षा गार्डका रुपमा कार्यरत ति व्यक्तिको शव जालान गासिङ नजिकै भेटिएको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।
सो शव जालान गासिङको एक झाडीमा भेटिएको थियो । भेटिएको शवमा नाकबाट रगत बगेको तथा बायाँ हातको औलामा समेत चोटको निशानी देखिएको छ । ति व्यक्तिको मृत्यु हुँदा सुरक्षा गार्डको पोशाकमै रहेको भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले फोरेन्सीक विभागलाई नमुना पठाएको र सो नमुनाको नतिजा आएपछि मात्र सो हत्या हो वा स्वभाविक मृत्यु हो भन्ने यकिन हुने जनाएको छ ।
यो पनि पढ्नुहोस् विदेशको दुःखले सिकाएको स्वदेशको उद्यम