विदेशको दुःखले सिकाएको स्वदेशको उद्यम

काठमाडौं, मंसीर ५-

वैदेशिक रोजगारीका लागि दुई वर्ष कतार बसेर घर फर्किएका इलाम नगरपालिका१० का सुमन गोले अचेल विदेश जाने युवालाई सोझै विदेश नजानु भन्ने सल्लाह दिन्छन् सेक्युरिटी गार्डको काममा कतार बस्दा त्यहाँको गर्मीकै कारण बिरामी भएपछि घर आएर गोलेले अहिले कुखुरा व्यवसाय सञ्चालन गरेको पनि करिब आठ वर्ष भएको

गोदकस्थित मेची राजमार्गकै नजिक शिलपुरमा कुखुरा फार्म खोलेका गोलेले कुखुराबाट चित्त बुझ्दो आम्दानी हुने गरेको बताए विदेशमा सजिलै पैसा कमाइन्छ भन्ने धेरैको बुझाइ तर विदेश गएर कमाउन त्यति सजिलो छैन, जति आफ्नो गाउँघर आफ्नै देशमा बसेर जुनसुकै व्यवसाय गर्दा पनि सहज हुन्छ, गोले भन्छन्, कसैलाई पनि विदेश नजाउ भन्छु विदेश जाँदा गर्ने लगानी यहीँ गर्दा त्यो उत्तम हुन्छ

गोलेले कुखुराका चल्ला हुर्काउने, छरछिमेकमा पालेका बिक्रीका लागि योग्य कुखुरा पनि आफैं किनिदिने काटेर मासु पनि बेच्ने गरेका छन् दुई सय २० रुपियाँ प्रतिकिलोको ब्रोइलर जातको कुखुरा अझ मासु बनाएर बिक्री गर्दा केही बढी आम्दानी हुने उनी बताउँछन् बजारका लागि खासै टाढा लानुपर्दैन, घर माइखोला राजदुवाली सम्ममै यहाँको सबै कुखुरा खपत हुने गरेको , गोलेले भने, प्रायः कुखुराको माग बढी नै हुने गरेको गाउँघरछरछिमेकको विवाह अथवा अन्य कामका लागि पनि कुखुराले राम्रो भरथेग गरेको गोलेको भनाइ

इलाम नगरपालिका स्थित महानन्द ओझा गाउँमा व्यवसाय गर्ने अर्को राम्रो उदाहरण बनेका छन् २०७१ देखि कुखुरापालन शुरु गर्नुभएका ओझाले लेयर्स कुखुरामात्र पाल्छन् अण्डा उत्पादन गर्दा त्यसको बजार धेरै राम्रो भएको ओझाको भनाइ १० वर्षको वैदेशिक रोजगारीपछि फर्किएकी श्रीमतीले पनि जाँगर चलाएपछि व्यवसाय शुरु गरेको ओझाको भनाइ १७ सय कुखुराबाट शुरु गरेको कुखुरा फार्ममा अहिले २३ सय कुखुरा छन् एउटा कुखुराले दुई वर्षसम्म अण्डा दिने गरेको एक महिनामा एउटा कुखुराले २२ देखि २४ वटा अण्डा दिने गरेको ओझाको भनाइ

प्रतिगोटा साढे एघार रुपियाँका दरले बिक्री हुने अण्डालाई ओझा परिवार आफैंले बजार पनि पु¥याउनु पर्दैन अण्डा लिन प्रायः सबै घरमै आउँछ यो अण्डाले इलाम बजारको एक छेउ पनि धान्न सकेको छैन, ओझाले भने, गर्न खट्न सक्दा आम्दानी राम्रै हुन्छ पाँचथरको प्राङबुङस्थायी घर भएका ओझा २०५८ सालमा शसस्त्र द्वन्द्वका समयमा विस्थापित भएर इलाम मा आएर बस्न थालेका हुन्

३२ रोपनी जग्गा लिएर किबी अलैँची खेती समेत गरेका ओझालाई कृषिजन्य उत्पादनका लागि यही कुखुराले राम्रो सहयोग गरेको कुखुराको सुली प्रयोग गरेर अर्गानिक खेती गरिरहेको छु, ओझा भन्छन्बर्षेनी रासायनिक मल विषादीका कारण गाउँघरको माटोको अम्लीयपना (पीएच) बिग्रिएका बेला कुखुराको मलले खेतीबालीलाई राम्रो गर्दो रहेछ, कुखुराले दोहोरो फाइदा पुगेको जस्तो लाग्छ आफू अवकास प्राप्त शिक्षक, श्रीमति पनि वैदेशिक रोजगारी गरेर आएकी हुन्, ओझाले भने, तर वैदेशिक रोजगारी भन्दा यहींंको व्यवसाय कमाइ आनन्दको लाग्छ, कोही विदेश जाँदैछन् भने पनि एक पटक विदेश जाँदाको लगानी विदेशको दुःख तथा कमाइको मूल्याङ्कन गर्न सल्लाह दिने गरेका छौँ

यो पनि पढ्नुहोस् खलिफा अस्पताल, वेड नम्वर २२

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय