विदेशबाट फर्केर नेपालमा नमुना कृषक

काठमाडौं, मंसीर ३-

स्वदेशमा रोजगारी नपाएको व्यवसाय गर्ने वातावरण नभएको भन्दै युवा विदेशिने क्रममा कमी आएको छैन तर, विदेशमा भन्दा स्वदेशमा नै धेरै सम्भावना देखेर गाउँ फर्किएका डडेल्धुराको भागेश्वर गाउँपालिकाका का मदनराज चटौत धेरैका लागि प्रेरणा बनेका छन्

चार वर्षसम्म विदेशमा बस्दा पनि आम्दानी श्रमबाट सन्तुष्ट हुन नसकेका चटौत अहिले गाउँपालिका भित्रकै नमुना कृषकको रूपमा परिचित बनेका छन् अर्काको भूमिमा बसेर पसिना बगाउनुभन्दा नेपालमै केही गर्ने भन्दै नेपाल फर्किएका उनले गोलभेडा खेती शुरु गरे चटौतले पाँच वर्षदेखि सात रोपनी जग्गामा गोलभेडा खेती गर्दै आएका छन् गोलभेडाबाट राम्रो आम्दानी हुँदा उत्पादित गोलभेडाले बजारमा राम्रो ठाउँ पाएका कारण उनलाई आजभोलि विदेशी भूमि सम्झिन पनि मन लाग्दैन

त्यो ठाउँ सम्झिन मन लाग्दैन आफ्नै पाराले काम गर्ने अनुमति छैन अरूको आदेशबिना सास फेर्न पनि नपाइने,’ विदेशमा भोगेको दुःख पोख्दै उनले भने  गतवर्ष मात्र १० लाखको गोलभेडा बेचेँ पाँच लाख रुपियाँ खर्च कटाएर पाँच लाख बचत भयो

खाद्य बालीभन्दा तरकारीमा बढी फाइदा हुँदा मौसमी बेमौसमी अर्गानिक गोलभेडा खेती तथा अन्य तरकारी खेतीप्रति आकर्षित भएको उनको भनाइ थियो उत्पादन गरेको सबै गोलभेडा गाउँपालिकाभित्रै बिक्री हुन्छ गोलभेडाले राम्रो भाउ बजार पाएका कारण पसिना बगाउँदा मख्ख देखिएका चटौत भन्छन्  खेती सुरु गर्ने बेलामा बिक्री हुँदैन कि भन्ने चिन्ता लागेको थियो तर आजभोलि पु¥याउन नै मुस्किल हुन थालेको

गोलभेडा खेतीबाट खुसी मिले पनि गाउँमा सिँचाइको व्यवस्था नभएका कारण उनलाई खेतीमा केही अप्ठ्यारो परेको आवश्यक मात्रामा पानीको मात्रा नपाउँदा भण्डारण गरेको पानीले काम चलाउनुपर्नेसम्मको अवस्था रहेको उनको पीडा

रहर लाग्दो फराकिलो जमिनमा आकर्षक तरिकाले व्यावसायिक गोलभेडा खेती गर्दै आएका चटौतले विदेशिएका युवालाई आफ्नै देशमा पसिना बगाउन सुझाव दिने गर्छन् यहाँ साहूसँग चर्को ब्याजमा ऋण लिएर विदेशमा तातो घाममा पसिना बगाउनुभन्दा यही देशमा कृषिमा पसिना बगाउने हो भने जीवन सार्थक बन्ने उनको बुझाइ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय