अव बैदेशिक रोजगारमा जानेसँग यी शुल्क लिन नपाइने

काठमाडौं, मंसीर १-

अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ)को विज्ञ समुह बैठकले बैदेशिक रोजगारमा जाने श्रमिकले तिर्नुपर्ने शुल्क रोजगारदाताले उपलवध गराउनु पर्ने शुल्क तय गरेको स्वीजरल्याण्डको जेनेभामा नोभेम्वर १४ देखि १६ तारिकमा भएको विज्ञ समुहको बैठकले यसको तय गरेको हो

बैठकमा सहभागि नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का उपाध्यक्ष समेत रहेका अधिवक्ता रमेश बडालका अनुसार सो बैठकमा २४ देशका विज्ञ सहभागि थिए बडालका अनुसार मुलुक भित्रैबाट वा बाहिरबाट वा रोजगारदाता आफैंले वा श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिक छनौट भर्ना गर्दा श्रमिकबाट कुनै पनि रकम भर्ना शुल्क वा सेवाका रुपमा लिन नपाउने भएका छन्

यसैगरी श्रमिकको छनौट, भर्ना, वहाली तथा सेवा प्रारम्भको क्रममा भएको स्वास्थ्य परिक्षण वा मेडिकल रिपोर्ट वापत भएको ख़र्च, वर्कपर्मिट वा श्रम स्वीकृतिको क्रममा आवश्यक विमा शुल्क कल्याणकारी कोषलाई तिर्नु पर्ने रक़म, सीप तथा योग्यता परिक्षण तथा सोको तयारी वापतको शुल्क रोज़गारदाताले ब्यहोर्नु पर्नेछ यसैगरी तालीम तथा अभिमुख़िकरण वापतको शुल्क, छनौट क्रममा आवश्यक उपकरण, पोशाक वापतको शुल्क, श्रमिकको घरवाट कार्यस्थलसम्म जाने यातायात ख़र्च, होटेल ख़र्च, अन्तर्वार्ताको लागि हुने खर्च,  भिसा तथा भिसा प्रोसेसिंग, रेसिडेन्स पर्मिट, सेक्युरिटि डिपोजिट, निवेदन शुल्क वा परिक्षा शुल्क वा अन्य क़ानूनी प्रक्रिया पुरा गर्न लाग्ने ख़र्च रोज़गारदाताले ब्यहोर्नु पर्नेछ

यो दुई बर्ष पहिला तयार गरिएको आइएलओको जेनेरल प्रिन्सीपल एण्ड अपरेशन  गाइडलाइन फर फेयर रिक्रुटमेण्ट २०१६ लाई आधार बनाएर परिभाषित गरिएको हो

यो पनि पढ्नुहोस नेपाल फर्काउने नाममा दलालले खाइदिए लाख ४२ हजार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय