बैदेशिक रोजगारबाट फर्केकाहरु, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने व्यवस्था(कार्यविधि)

काठमाडौं, कात्तिक २८-

बैदेशिक रोजगारबाट फर्केकाहरु, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन चाहनेहरुलाई ऋण उपलव्ध गराउन नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरु, विकास बैंकहरु तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेको छ । मंगलवार बैंक तथा वित्तिय संस्थाहरुका प्रतिनिधिहरुलाई बोलाएर राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले ऋण दिने प्रकृयाका बारेमा सम्पूर्ण शाखाहरुलाई जानकार बनाउन यसका बारेमा सुचनाहरु जारी गर्न बैंकका प्रतिनिधिहरुलाई आग्रह गरिएको बताए । उनले सरकारले यसअघि नै पारीत गरिसकेको कार्यविधिका बारेमा अझै पनि धेरै युवालाई जानकारी नपुगेको हुँदा प्रभावकारी रुपमा सुचना सम्प्रेशण कसरी गर्ने भनेर छलफल भएको बताए ।

सरकारले यस बर्षको बजेटमा नै शैक्षिक प्रमाणपत्र धितो राखेर तथा बैदेशिक रोजगारबाट फर्केकाहरुलाई सहुलियत व्याजदरमा ऋण दिने घोषणा गरेको थियो । ति लगायत ७ प्रकृतिको कर्जा उपलव्ध गराउने गरी सरकारले कार्यविधि यसअघि नै पारित गरिसकेको छ ।

हेर्नुहोस् पारीत कार्यविधि र नेपाल राष्ट्र बैंकको सुचना

सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय