योगदानमा आधारीत सामाजिक सुरक्षा लागु गर्ने बाटो खुल्यो, नियमावली पारीत(नियमावली सहित)

काठमाडौं, कात्तिक २८-

सरकारले सामाजिक सुरक्षा नियमावली पारीत गरेको छ । गत कात्तिक २५ गते मन्त्रीपरिषदले नियमावली पारीत गरेसँगै अव योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ कार्यान्वयनको बाटो खुलेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई समेत समेट्दै सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था गरेको छ । यसले हाल देखिंदै आएको रोजगारदाता र श्रमिकबीचको द्धन्द व्यवस्थापन हुने र श्रमिकको सामाजिक सुरक्षाको पनि ग्यारेण्टी हुने अपेक्षा छ ।

सो ऐन अनुरुप सञ्चालन गर्नेगरी केहि सामाजिक सुरक्षा योजनाका बारेमा यसअघि नै सरकार, रोजगारदाता र ट्रेड यूनियनहरुबीच लगभग सहमति जुटिसकेको छ । ऐन अनुरुप कोषमा योगदान गर्ने श्रमिकले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत सुविधा पाउँछन् ।

यो योजनामा सहभागि हुन श्रमिकका तर्फबाट कोषमा योगदान गरिएको भनें हुनु पर्दछ । योगदानका आधारित सामाजिक सुरक्षा योजनाका प्रस्तावित स्कीमका बारेमा जान्न यहाँ क्लीक गर्नुहोस् ।

योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: