कतारमा पक्राउ परेका शर्माको रिहाईको अपिल

काठमाडौं, कात्तिक २७-

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संघका मध्यपूर्व संयोजक राजेन्द्रकुमार (आरके) शर्माको शीघ्र रिहाइ माग गरेको छ । गत महिनादेखि शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर राखेकोमा एनआरएनएले आपत्ति जनाउँदै शीघ्र रिहाइ माग गरेको हो । संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघका मध्यपूर्व संयोजक शर्मालाई लामो समयसम्म आफ्न्तको सम्पर्क बाहिर राखेकामा संघले आपत्ति जनाएको हो ।

शर्मालाई गत १८ अक्टोबरमा कतारको सुरक्षा निकायले पक्राउ गरेको थियो । उनलाई किन गिरफ्तारी गरियो भन्ने विषयमा त्यहाँको सरकारी निकायले अझैसम्म आधिकारिक रूपमा जानकारीसमेत नगराएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गिरफ्तार गरिएको तेस्रो दिन छोटो समय परिवारका सदस्यसँग कुरा गर्न दिइएको थियो ।

कतारी प्रहरीको गिरफ्तारीमा परेका शर्मा गत ५ अक्टोबरमा दोहामा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कतार शाखाको आयोजनामा सम्पन्न भएको एक सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए । त्यस कार्यक्रममा रोजगारदाताले नेपाली कामदारलाई दिएको पीडाको विषय समेटिएको थियो । शर्मा त्यस कार्यक्रमको विशेष अतिथिका रूपमा उपस्थित भएका थिए ।

शर्माको गिरफ्तारी पछि संघले कतारस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायमा उनको अवस्था यकिन गर्न र रिहाइका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै आएको छ । संघले प्रेस विज्ञप्तिमार्फत संघका मध्यपूर्व संयोजक शर्मा र हिरासतमा रहेका अन्य नेपालीको शीघ्र रिहाइका लागि जोडदार अपिल गरेको जनाएको छ ।

यसैगरी, संघले प्रेस विज्ञप्तिमार्फत कसैले पनि व्यक्तिको स्वाभिमानमाथि चोट पुग्ने गरी संघ र संघका पदाधिकारीलाई समेत जोडेर काल्पनिक, आधारहीन र भ्रामक समाचार सम्प्रेषण तथा टीका टिप्पणी नगरिदिन आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: