
काठमाडौं, कात्तिक २५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ६८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८२ पैसा छ । लामो सयम घटेर २५ को आसपास रहेको रिंगिटको मूल्यमा बृद्धि भइ झण्डै २९ रुपैंयाँ पुगेको थियो । पुनः रिंगिटको मूल्यमा केहि गिरावट आएको हो ।
यसैगरी युएई दिरहमको खरिददर ३१ रुपैंयाँ ५० पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ६६ पैसा छ । कतारी रियालको खरिदर ३१ रुपैंयाँ ७७ पैसा र विक्रि दर ३१ रुपैंयाँ ९४ पैसा छ । साउदी रियालको खरिददर ३० रुपैंया ८४ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३८० रुपैंया ५७ पैसा छ भनें विक्रि दर ३८२ रुपैंयाँ ५४ पैसा छ । बहराइन दिनारको खरिददर ३०६ रुपैंयाँ ८८ पैसा छ भनें विक्रि दर ३०८ रुपैंयाँ ४७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।