विदेशबाट फर्केपछि कृषि र पशुपालनमा

काठमाडौं, कात्तिक २४-

विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किए

वर्ष नौ महीना कतार बसेका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि पशुपालनमा आबद्ध भएका छन् गैरेले तरकारीखेती पशुपालनबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गरिरहेका छन्

गर्दा जति दुःख गरियो त्यति दुःख स्वदेशमै गरेपनि आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो,’ उनले भने, ‘अनि आफ्नै गाउँ आएर तरकारीखेती शुरु गरेँ तरकारी खेतीबाटै गैरेले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्

तरकारीखेतीसँगै पशुपालनसमेत गरेका गैरेले भैँसीको दूध बिक्रीबाट वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताए उनका अनुसार दैनिक २० माना दूध बिक्री हुने गरेको तरकारी दूध बिक्रीका लागि बजारको कुनै समस्या नरहेको उनले बताए

युवा अभावमा धान काट्न समस्या

तनहुँको व्यास नगरपालिका रिस्तीका पुरुषोत्तम रेग्मी गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको प्रति चिन्तित छन् गाउँमा काम गर्ने युवा नहुँदा भनेको दिनमा धान काट्न नपाएको खेतमै धान झरेर जाने समस्या रहेको उनी बताउँछन्

युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशिनु गाउँमा अधिकांशको घरमा वृद्ध आमाबाबु मात्रै रहेका कारण धान काट्न समस्या भएको उनको भनाइ

सोही ठाउँकै रामप्रसाद मिश्रले समेत गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको गुनासो गरे अधिकांश युवा वैदेशिक रोजगारका लागि विदेश अध्ययनका लागि शहरबजार झरेपछि गाउँमा धान काट्न समस्या भएको हो”, उनले भने

धान रोपाइँको क्षेत्रफल घट्यो

तनहुँमा बाह्र हजार दुई सय पचास हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइरहेको तनहुँमा यस वर्ष करीब दुई हेक्टर क्षेत्रफलमा धान रोपाइँ घटेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको जिल्लामा कृषिकर्म गर्ने युवा जनशक्तिको अभाव, वैदेशिक रोजगारी तथा बसाइसराइजस्ता कारणले ग्रामीण क्षेत्रमा खेतीयोग्य जमीन बाँझिने क्रम बढ्दै गएको कार्यालयले जनाएको

तनहुँको तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेफाँटलगायतका क्षेत्रहरु धानखेतीका लागि उपयुक्त फाँटका रूपमा लिइन्छ यहाँका कृषकले सावित्री, मकवानपुरे, रामपुर, हर्दिनाथ, मन्सुलीलगायतका उन्नत जातका बीउ प्रयोग गरी धानखेती गर्दै आएका छन् (रासस)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय