‘यसकारण पीडितलाई भगाउन खोज्छन् दूतावासका कर्मचारी’

काठमाडौं, कात्तिक २०

साउदी अरवका लागि पूर्व नेपाली राजदूत उदयराज पाण्डेले सरकारले आपतकालिन उद्धार कोष नबनाएका कारण विदेशबाट समस्यामा परेका नेपालीलाई समयमै उद्धार गर्न गाह्रो हुने गरेका बताएका छन् । उनले हाल सो प्रकारको कोष नभएका कारण विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरुलाई समस्या परिरहेको बताए ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व राजदूत पाण्डेले भने समस्यामा परेका नेपाली ल्याएर कहाँ राख्नु, के पैसाले खान दिनु ?” उनले त्यसैले पनि दूतावासका कर्मचारीले सकेसम्म पीडितलाई भगाउन खोज्ने र उनीहरुको कुरा सुन्न नचाहने गरेको धारणा राखे । चाहेर पनि मद्धत गर्न सक्ने अवस्था हुन्नपाण्डेले भने आफूले मद्धत गर्न कर्मचारीले तलवले नपुगेर नेपालमा घरखेत बेच्नुपर्छ, कुनै समस्या परेमा नेपाली समुदायलाई गुहार्नु पर्छ ।तर यो समस्याको दिगो समाधान नभएको उनको तर्क थियो ।

उद्धारका लागि जुन देशमा जति नेपाली छन्, त्यसका आधारमा स्थानीय मुद्रा प्रतिव्यक्ति ३ रुपैयाँका दरले व्यवस्था गर्ने हो भनें राहत, उद्धारमा पैसाका कारण कुनै समस्या नहुने पाण्डेको भनाई छ । उनले यसले उद्धार प्रकृया पनि छिटो हुने धारणा राखे ।

गन्तव्य मुलुकहरुमा पुरुषका लागि सुरक्षित गृह नहुनु अर्को समस्या रहेको पुर्व राजदूत पाण्डेको भनाई छ । समस्यामा परेर दूतावासमा आउने पुरुषलाई तत्कालिन रुपमा राख्न सुरक्षित गृह नभएको भन्दै महिलाका लागि पनि अत्यन्त थोरैलाई मात्र राख्ने व्यवस्था रहेको उनको भनाई थियो । २५ करोड रुपैंया सरकारले छुट्याउने हो भनें धेरैजसो नेपाली जाने ८ वटा मुलुकहरुमा सुरक्षित गृह सञ्चालन गर्न सकिने पूर्व राजदूत पाण्डेको भनाई छ ।

यो पनि पढ्नुहोस् बस्नेतको रिहाईका लागि ७ लाख हाराहारी रकम उठ्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: