बस्नेतको रिहाईका लागि ७ लाख हाराहारी रकम उठ्यो

काठमाडौं, कात्तिक १९-

साउदी अरवमा थुनामा परेका सुनसरीका भुपाल बस्नेतको रिहाईका लागि व्लड मनी संकलन अभियानमा हालसम्म झण्डै लाख रकम संकलन भएको । हालसम्म ६ लाख ९३ हजार ३ सय ४ रुपैंया उनको उद्धारका लागि संकलन भएको हो । साउदी अरवमा कार्यरत विभिन्न व्यक्ति तथा संस्थाहरुले सो रकम संकलन गरेका हुन् उनले  ७५ हजार साउदी रियाल (२३ लाख हाराहारी) व्लडमनी तिर्नुपर्ने त्यहाँको अदालतले ठहर गरेको

२०७३ मा रोजगारीका लागि दोश्रो पटक साउदी अरवमा रोजगारीका लागि पुगेका बस्नेत विमानस्थलबाट नै पक्राउ परेका थिए उनी पहिले रोजगारीका लागि गएको कम्पनी अल मजल अल अरवी ग्रुपको गाडी चलाउँदा उनले चलाएको गाडी दुर्घटनामा पर्दा एक साउदी नागरिकको ज्यान गएको थियो सो घटनामा २५ प्रतिशत गल्ती बस्नेतको ठहर गर्दै अदालतले बस्नेतले ७५ हजार सय रियाल व्लडमनी तिर्नुपर्ने फैसला गरेको थियो

बस्नेतले तिर्नुपर्ने सो रकम अल मजल कम्पनीले आफैंले तिर्ने गरी जिम्मेवारी लिएर बस्नेतलाई नेपाल फर्काएको थियो तर सो कम्पनीले रकम नतिरेको अवस्थामा पुनः साउदी अरवमा अर्कै कम्पनीमा हेभि ड्राइभरको रुपमा काम गर्न साउदी पुगेका बस्नेत विमानस्थलबाट नै पक्राउ परेका थिए

बस्नतेको उद्धारका लागि थप आवश्यक रकम उठाउन प्रवासी नेपाली समन्वय समितिमा सचिवालय रहने गरी सदस्यीय समिति गठन सोमवार एक कार्यक्रमका बीच साउदी अरवमा संकलित रकम बस्नेतको उद्धारका लागि खोलिएको कोषमा हस्तान्तरण गरियो  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय