विदेशको काम, तलव सवै नेपालमै हुँदा अनलाइन मार्फत हेर्न सकिने

काठमाडौं, कात्तिक १८-

बैदेशिक रोजगारीमा जाने नेपालीले आफू जान लागेको कम्पनी, आफूले गर्नुपर्ने काम, तलव सुविधा तथा लागत खर्च लगायतका कुरा अनलाइन मार्फत नै हेर्न पाउने भएका छन् । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले आफ्नो स्थापनाको दशौं बर्षसँगै सुरु गर्न लागेको नयाँ बेभसाइट मार्फत यो सवै जानकारी लिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

बोर्ड स्थापनाको दशौं बार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमम सो बेभसाइटको प्रारम्भीक कार्यका बारेमा जानकारी दिंदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका आइटी अधिकृत राजु श्रेष्ठले सो अनलाइन सुरु भएपछि घरैमा बसेर नै आफू जान लागेको रोजगारीका बारेमा सवै जानकारी लिन सकिने बताए । उनले बेभसाइटमा आफू जान लागेको कम्पनीको सम्पर्क नम्वर, सो रोजगारीको मागपत्र स्वीकृति भएको विवरण सहित सम्पूर्ण विवरण त्यसमा राखिने बताए ।

हालसम्म विकास गरिएको बेभसाइटको सेवाका बारेमा प्रस्तुत गर्दै उनले सोही अनलाइनमार्फत आफ्नो प्रदेश वा जिल्लामा कुन मेनपावर कम्पनी, अभिमुखिकरण तालिम केन्द्र तथा स्वास्थ्य संस्था छन् भन्ने जानकारी पनि लिन सकिने बताए ।

सो अवसरमा बोल्दै मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले मन्त्रालयले नीतिगत रुपमा धेरै परिवर्तनको काम गरिरहेको बताए । उनले मन्त्रालयमा अहिले काम गर्ने टीम रहेको भन्दै त्यसैको फलस्वरुप सकारात्मक परिवर्तनहरु आइरहेको धारणा राखे ।

सो अवसरमा बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले एकदशकमा गरेका उपलव्धीहरु तथा योजनाका बारेमा जानकारी गराए । कार्यकारी निर्देशक श्रेष्ठले एक दशकभित्रमा बोर्डले विदेशमा मृत्यु भएका ६ हजार ९ सय ५६ व्यक्तिका परिवारलाई १ अर्व ६७ करोड ८४ लाख ८४ हजार रुपैंयाँ वितरण गरेको बताए । यसैगरी बैदेशिक रोजगारका क्रममा अंगभंग भएका तथा विरामी भएका १ हजार २ सय ७३ व्यक्तिहरुलाई १६ करोड ८६ लाख १७ हजार ३ सय १७ रुपैंयाँ सहयोग उपलव्ध गराइएको बताए । उनले विदेशमा अलपत्र परेका १ सय १ जनाको उद्धार, १ सय ९१ जनाको शव झिकाउने काम भएको जानकारी दिए ।

कार्यक्रममा अधिवक्ता तथा बोर्ड सदस्य निशा बानियाँ, सामाजिक अभियन्ता सरु जोशी लगायतले मन्तव्य राखेका थिए ।  

यो पनि पढ्नुहोस् मलेसियामा न्यूनतम तलव १ सय रिंगिट बढ्ने, नयाँ प्रस्ताव मासिक ११ सय रिंगिट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय