मलेसियापछि नेपालको ध्यान अव कतारतिर, अर्को हप्ता कतारी टोली आउँदै

काठमाडौं, कात्तिक १४-

मलेसियासँग श्रम समझदारी पश्चात नेपालको ध्यान अव कतारतर्फ मोडिएको छ । कतारले नेपालबाट केहि कामदार प्रत्यक्ष रुपमा दुई देशको सरकारी तहमा सम्झौता गरेर लैजान यसअघि नै रुचि देखाइसकेको छ । सोही विषयलाई निश्कर्षमा पुर्याउन दुवै देश अग्रसर देखिएका छन् । 

नेपालसँग आवश्यक छलफल गर्न एक हप्ताभित्रै कतारको एक टोली नेपाल आउने भएको छ । यसैगरी थप छलफल गर्न नोभेम्वर १९ मा नेपाली टोली कतार जाने तय भइसकेको श्रम मन्त्री गोकर्ण विष्टले जानकारी दिए । रातोपाटीको अनलाइन टीभिमा कुरा गर्दै मन्त्री विष्टले कतारसँग पनि विशेष ढंगले छलफल अगाडी बढिरहेको बताए । 

नेपालबाट सरकारी तहमै सम्झौता गरेर सुरक्षा गार्ड लैजान यसअघि नै कतारले रुचि देखाएको समाचार सार्वजनिक भएको थियो । सन् २०२२ मा आयोजना हुने विश्वकप फुटवल प्रतियोगिताका लागि आवश्यक सुरक्षा गार्ड नेपाली राख्ने रुचि कतारले देखाएको हो । यस विषयमा गत साउन १ गते नै मन्त्री गोकर्ण विष्ट र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हायल बीच एकचरण छलफल भइसकेको छ । सो भेटमा राजदुत अल हायलले सन् २०२२ मा विश्वकप आयोजना गर्न गइरहेको कतारमा नेपाली सुरक्षा गार्ड लैजान कतार ईच्छुक रहेको भन्दै यसका लागि छुट्टै सम्झौता गर्नुपर्ने भएमा पनि आफूहरु तयार रहेको बताएका थिए । त्यो छुट्टै सम्झौता भनेको दुई मुलुकबीचको कामदार आदानप्रदान सम्झौता नै हो । यसले कतारमा पनि ‘जीटुजी’ लागु गर्ने बाटो खोल्नेमा मन्त्रालयका उच्च अधिकारीहरु आशावादी देखिएका छन् । 

मलेसियासँग भएको श्रम समझदारीका बारेमा बोल्दै मन्त्री विष्टले नेपाली श्रमिकलाई अव मलेसिया जाने प्रकृया सुरु गर्न प्राविधिक समितिले काम थालिसकेको बताए । उनले पहिलो चरणमा केहि विषयहरु टुँगिइसकेको र केहि विषयलाई मसिनोगरी टुँग्याउने प्रयत्न गरिरहेको बताए । अव त्यो धेरै समय नलाग्ने बताए ।

आधा महिनाको तलव वापतको रकम मलेसियाका रोजगारदाताले उपलव्ध गराउने विषयमा त्यो पर्याप्त नभएको भन्दै नेपालका मेनपावर व्यवसायीहरुको असन्तुष्टिका सन्दर्भमा उनले यो पर्याप्त भएको बताए । उनले नेपाली श्रमिकसँग नै पैसा असुल्न पाउनु पर्छ भन्ने मानसिकता त्याग्न आवश्यक रहेको धारणा राखे । 

यो पनि पढ्नुहोस् राष्ट्रपति भण्डारीद्धारा कतारले देखाएको उदारताको प्रशंसा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: