राष्ट्रपति भण्डारीद्धारा कतारले देखाएको उदारताको प्रशंसा

काठमाडौं, कात्तिक १४-

राष्ट्रपति बिद्यादेवि भण्डारी र कतारका अमीर शैख तमीम बिन हमद अलथानीबीच कतारमा भेटघाट सम्पन्न भएको छ। भेटमा राष्ट्रपति भण्डारीले कतारले श्रमिक एवं श्रमको क्षेत्रमा गरेको बिकास र आप्रवासी कामदारको सेवा सुविधा एवं सुरक्षामा देखाएको उदारता एवं कदमको प्रशंसा गरिन् ।

भेटमा राष्ट्रपति भण्डारीले कतारले आफूलाई कतार भ्रमणको निम्तो दिएकोमा आभार प्रकट गर्दै यसले दुई देशबीचको सम्बन्ध झनै प्रगाढ हुने आफूले बिश्वास लिएको जानकारी गराइन् । दुई देशका साझा चासोका विषयमा सहयोग तथा सहकार्य हुन सक्ने र यसबाट दुइदेश बिच रहँदै आएको कुटनीतिक सम्बन्धले थप उचाई लिने विश्वास उनले ब्यक्त गरिन् ।

कतारका अमीरले राष्ट्रपति भण्डारी र प्रतिनिधि मण्डलको स्वागत गर्दै दुई देश बिच रहिआएको अत्यन्तै बिशेष प्रकारको मैत्रीपुर्ण सम्बन्धको चर्चा गरेका थिए । उनले भ्रमणले दुई देश बिच धेरै बिषयहरुमा सहकार्य र सहयोग हुन सक्ने विचार प्रकट गरे । 

सो भेटमा लगानी प्रवर्द्धन गर्न सकिने र शिक्षा, स्वास्थ्य, कृषि पर्यटनको क्षेत्रमा एक आपसमा सहयोग आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको थियो । यसैगरी एकापसमा क्षमता बिकास र अनुभव साटासाट गर्न कतारलाइ चाहिने श्रमशक्तिमा पनि सहकार्य गर्न सकिने राष्ट्रपति भण्डारीले जानकारी गराउनुभयो ।

दुई मुलुकका राष्ट्राध्यक्षहरुको उपस्थितिमा केही सम्झौतामा हस्ताक्षर भएको कतारबाट रमजान अलि मियाँले जानकारी दिएका छन् । सम्झौता मध्ये कुटनीतिक राहदानीवाहक तथा बिशेष प्रकारको राहदानीवाहकलाई भिसा आवश्यक नपर्ने गरि आवतजावत सहजीकरण गर्ने सम्वन्धमा कतारका तर्फबाट उपप्रधान एवं परराष्टमन्त्री शैख मोहम्मद बिन अब्दुलरहमान अलथानि र नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले हस्ताक्षर गरेका छन् । यसै गरि कृषि एवं खाद्यान्न सुरक्षाको क्षेत्रमा पनि दुवै देशबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यो समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालिले हस्ताक्षर गरेका थिए भनें कतारका तर्फबाट वातावरण  एवं नगरपालिका मामिला मन्त्री मोहम्मद बिन अब्दुल्लाह आलले हस्ताक्षर गरे ।

यो पनि पढ्नुहोस् अव एजेण्टले मलेसियामा नेपाली कामदार ल्याउन पाउँदैनन्ः मन्त्री कुलासेगरन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: