अव एजेण्टले मलेसियामा नेपाली कामदार ल्याउन पाउँदैनन्ः मन्त्री कुलासेगरन

क्वालालम्पुर, कात्तिक १३-

मलेसियामा मानव संशाधन मन्त्री एम कुलासेगरनले अव मलेसियामा नेपाली कामदार ल्याउन कुनै विचौलियाले नपाउने प्रष्ट पारेका छन् । सोमवार नेपालसँग श्रम समझदारीमा हस्ताक्षर गरेर मलेसिया आइपुगेका मन्त्री कुलासेगरनले संसद भवन परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुई देशका सरकारी तवरबाट नै कामदार आदानप्रदानको व्यवस्था मिलाइने बताए ।

द स्टारका अनुसार मन्त्री कुलासेगरनले मलेसियामा घरेलु कामदार सहित अन्य कामदार पठाउने विषय टुँगिएको र सो अनुरुप नै श्रम समझदारी भएको बताए । उनले भर्ती प्रकृयामा सवै विचौलियाहरुको संलग्नतालाई अन्त्य गर्न खोजिएको बताए ।

उनले नेपालसाग श्रम समझदारी भएसँगै अव चाँडै नै नेपाली श्रमिक मलेसियामा रोजगारीका लागि आउन थाल्ने बताए । उनले बंगलादेश, ईण्डोनेशिया, भारतसँग पनि के कसरी सहमति गर्न सकिन्छ भनेर छलफल भइरहेको जानकारीय दिए । मन्त्र िकुलासेगरनले बंगलादेशसँग छलफल गर्न मलेसियाली टोली प्रस्थान गरिसकेको जनाए ।

नेपाल र मलेसियाबीच कात्तिक १२ गते श्रम समझदारीमा हस्ताक्षर भएको छ ।

यो पनि पढ्नुहोस् मलेसियामा नेपालीका लागि रोजगारीः अव के ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय