मलेसियामा तत्काल आममाफी नखुल्ने, ‘ईल्लिगल’ बस्नेलाई समस्या

काठमाडौं, कात्तिक १२-

मलेसियाले तत्काल आममाफी नखोल्ने भएको छ । अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई बिना जरिवाना तथा बिना कुनै झण्झट स्वदेश फर्किन दिइने आममाफी निकट भविष्यमा नखुल्ने मलेसियाले प्रष्ट पारेको छ ।

नेपाल र मलेसियाबीचको श्रम समझदारी पत्रमा हस्ताक्षर पश्चात पत्रकार सम्मेलनमा बोल्दै मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेसियाले १० बर्ष भित्रमा चारपटक आममाफी दिइसकेको भन्दै यो पर्याप्त भएको बताए । उनले मलेसिया संसारमै धेरै उदार मुलुक रहेको भन्दै अन्य कुनै मुलुकमा पनि यति धेरैपटक आममाफी नदिइएको धारणा राखे ।

मलेसियामा बैंकबाट तलव भुक्तानी, कामदारलाई दुव्र्यवहार गरेमा अर्को काम खोज्न पाइने 

मलेसियाले यसअघि १० बर्ष भित्रमा एकपटक, दुई पटक तीन पटक होइन चारचार पटक आममाफी दिइसकेको छपत्रकार सम्मेलनमा उनले चार औंला देखाउँदै भने विश्वमा यस्तो अन्यत्र कतै भएको छैन ।उनले ३० देखि ४० प्रतिशत विदेशी श्रमिक कार्यरत मलेसियामा अवैधानिक रुपमा बसिरहेका विदेशी श्रमिक आफ्नो मुलुकका लागि समस्या भएको तर्फ ईंगित गरे । मन्त्री कुलासेगरनले भने हामी चाहन्छौं नेपालीहरु घर फर्केर पुनः मलेसियामा रोजगारी गर्न जाउन् र आफूले कमाएको पैसा घरमा पठाउन् ।

यसअघि मलेसियामा मन्त्री कुलासेगरनसँग भएको वार्तामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि आममाफी खोल्न आग्रह गरेकी थिइन् । त्यसको प्रतिउत्तरमा मन्त्री कुलासेगरनले भारतको सो प्रस्तावलाई आफूले मन्त्री परिषदमा पुर्याउने वचन दिएका थिए । तर सोमवार काठमाडौंमा भएको हस्ताक्षर समारोह पश्चातको पत्रकार सम्मेलनमा भनें उनले तत्काल आममाफी खोल्ने मलेसियाको कुनै योजना नरहेको बताएका हुन् ।

मलेसियाको आधिकारिक तथ्याँकमा ३ लाख ५८ हजार २ सय ११ जना नेपाली मलेसियामा कार्यरत छन् । यसमध्ये सवैभन्दा धेरै उत्पादनमुलक क्षेत्रमा २ लाख ६० हजार छन् भनें सवैभन्दा कम घरेलु कामदारका रुपमा ५७ जना रहेको मलेसिया सरकारको तथ्याँक छ । कुल १८ लाख ९२ हजार वैधानिक रुपमा कार्यरत विदेशी श्रमिक रहेको मलेसियामा झण्डै त्यत्तिकै संख्यामा अवैधानिक रुपमा बसिरहेकाहरु रहेको अनुमान छ । त्यसैले पछिल्लो समयमा मलेसियामा प्रहरीको धरपकड व्यापक छ ।

यो पनि पढ्नुहोस् मलेसिया जान अव कुनै शुल्क तिर्नु नपर्ने, श्रम समझदारीमा हस्ताक्षर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय