मलेसिया जान अव कुनै शुल्क तिर्नु नपर्ने, श्रम समझदारीमा हस्ताक्षर

काठमाडौं, कात्तिक १२-

नेपाल र मलेसियाबीच कामदार आदानप्रदान सम्वन्धि समझदारीमा हस्ताक्षर भएको छ । श्रम मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार अव रोजगारीका लागि मलेसिया जाने कामदारले भिषा शुल्क, हवाई टिकट लगायतको शुल्क तिर्नुपर्ने छैन । सो सम्पूर्ण रकम रोजगारदाताले तिर्नुपर्नेछ । 

यसैगरी कामदारको तलव भुक्तानी बैंक मार्फत गर्नुपर्नेछ । हरेक महिनाको ७ तारिखभित्रमा कामदारको तलव भुक्तानी भइसक्नुपर्ने व्यवस्था एमओयूले गरेको छ ।  

यसैगरी रोजगारीका लागि मलेसिया जान चाहने नेपालीले नेपालमा हुने स्वास्थ्य परिक्षण र सेक्यूरिटी क्लियरेन्स वापतको रकम सुरुमा भनें तिर्नुपर्नेछ । सो रकम कामदार मलेसिया पुगेर रोजगारी सुरु गरेपछि प्राप्त हुने पहिलो महिनाको तलवसँगै थपेर भुक्तानी गर्ने व्यवस्था समझदारीमा उल्लेख छ । 

समझदारीपत्रमा कामदार मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टाभित्र रोजगारदाताले गन्तव्यस्थलमा लैजानु पर्ने व्यवस्था समेटिएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: