
काठमाडौं, कात्तिक ८-
मलेसियामा विशाक्त मदिरा सेवनका कारण गत सेप्टेम्वरमा ४० जनाको मृत्यु भएपछि विशाक्त मदिरा सेवन रोक्न अभियान सुरु गरिएको छ । यसका लागि विशाक्त मदिरा उत्पादनमा नियन्त्रण गर्नेदेखि सार्वजनिक जानकारीका लागि प्रचारप्रसारको काम पनि थालिएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले यस सम्वन्धी सचेतना अभियान थालेको हो ।
हालै विशाक्त मदिरा सेवन पश्चात तत्काल देखिने केहि लक्षण तथा स्वास्थ्य समस्याका बारेमा जानकारी दिन पोष्टरहरु तथा पम्पलेटहरु वितरण गर्ने काम भइरहेको आप्रवासी कामदारको पक्षमा काम गर्दै आएको संस्था नर्थ साउथ ईनिसिएटीभका एड्रिन परेराले बताए । उनले विशाक्त मदिरा र त्यसले निम्त्याउने समस्याका बारेमा धेरै आप्रवासी कामदारलाई जानकारी नभएको भन्दै स्वास्थ्यका विषयमा सकेसम्म धेरैलाई सुसूचीत गर्न आवश्यक रहेको बताए ।
सामान्यतया विशाक्त मदिरा सेवन पश्चात देखिने लक्षण र स्वास्थ्य समस्याहरुः
– स्वास फेर्ने गाह्रो हुनु
– पेट दुख्नु
– आँखाले धमिलो देख्नु(अकस्मात दृष्टि क्षमता कमजोर हुनु)
– रिंगटा लाग्नु,वान्ता हुनु
– पखाला लाग्नु
– अत्यन्तै टाउको दुख्नु
– पिंडुलाको मासु फर्किनु, बाउँडिनु
– बेहोस हुनु