काठमाडौं, कात्तिक ५- नेकपा नेता एबं पूर्व उपप्रधानमन्त्री टोपवहादुर रायमाझीले रोजगारी सिर्जना नभएसम्म आर्थिक विकास हुन नसक्ने बताएका छन् । सोमबार गुल्मीको मुसिकोट नगरपालिकाको बौद्धिक सम्मेलनको समापन समारोहमा बोल्दै रायमाझीले कृषि पर्यटन, जलश्रोतको उपयोग तथा उद्योग विस्तारवाट समृद्धि हासिल गरिने बताए ।
नेता रायमाझीले सरकार विकास र समृद्धिको एक मात्र एजेण्डा वोकेर अगाडि वढेको बताए । उनले अव कुनै राजनैतिक आन्दोलनको खाँचो नरहेको भन्दै पूर्वाधार विकास अव कसैले रोक्न नसक्ने वताए ।
पूर्वाधारसंगै शिक्षा स्वास्थ्य क्षेत्रमा राज्यको ध्यान जाने सवै विकासमा सवैको सहकार्य जरुरी रहेको बताए ।
दुई दिनसम्म चलेको बौद्धिक सम्मेलन ३५ वुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । समापन कार्यक्रममा प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुर्दशन वलाल, नेकपाका मुसिकोट नगर संयोजक जीवन खरेल, नेकपाका मुसिकोट अध्यक्ष खुम वहादुर थापा, नेपाली काग्रेसका मुसिकोट अध्यक्ष झविलाल भण्डारी लगाएतले बौद्धिक सम्मेलनको प्रशंसा गरेका थिए ।
