काठमाडौं, कात्तिक ३-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शनिवार मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ १४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २९ पैसा छ । यो यसअघिको भन्दा केहि घटेको हो । लामो समय घटेर २५ को आसपास रहेको रिंगिटको मूल्य पछिल्लो समयमा २८ रुपैंयाँमा चलिरहेको छ ।
यसैगरी कतारी रियालको खरिदर ३२ रुपैंयाँ १४ पैसा र विक्रि दर ३२ रुपैंयाँ ३१ पैसा छ । युएई दिरहमको खरिददर ३१ रुपैंयाँ ८६ पैसा छ भनें विक्रि दर ३२ रुपैंयाँ २ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर ३१ रुपैंया १९ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ३५ पैसा छ । यसैगरी कुवेती दिनारको खरिददर ३८५ रुपैंया ७ पैसा छ भनें विक्रि दर ३८७ रुपैंयाँ ७४ पैसा छ । बहराइन दिनारको खरिददर ३१० रुपैंयाँ ३६ पैसा छ भनें विक्रि दर ३११ रुपैंयाँ ९५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
