तीन बर्षमा १ सय ५० महिला तथा बालबालिका हराए

काठमाडौं, काभ्रेपलाञ्चोकबाट तीन वर्षमा करीब १५० महिला तथा बालबालिका हराएका छन्

सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२-०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको उल्लेख यसमध्ये १५० जना फेला परेका छैनन्

आव २०७२-०७३ देखि यही असोज अन्तिम सातासम्म २७९ महिला, ३३ बालक ८० बालिका हराएकाले आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए उनका अनुसार आव २०७२-०७३ मा १११, २०७३-०७४ मा १०९, आव २०७४-०७५ मा १६१ तथा चालू आवको असोज अन्तिम सातासम्म १५ महिला तथा बालबालिका हराएको निवेदन आएको

(रासस)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय