मलेसियामा न्यूनतम ज्याला बृद्धिको निर्णयमा पुनर्विचार हुने

काठमाडौं, कात्तिक १-

मलेसियामा आगामी जनवरीदेखि लागु हुनेगरी गरिएको मासिक ५० रिंगिट न्यूनतम ज्याला बृद्धिको निर्णयका विषयमा सरकारले पुनर्विचार गर्ने भएको मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले विभिन्न पक्षको असन्तुष्टिलाई मध्यनजर गर्दै न्यूनतम ज्याला बृद्धिका विषयमा यसअघि गरिएको निर्णयमा पुनर्विचार हुने बताएका हुन्

बुधवार मासिक ५० रिंगिट तलव बृद्धिमा असहमति जनाउँदै मलेसियन ट्रेड यूनियन कँग्रेस (एमटीयूसी) सहित विभिन्न यूनियनहरुको आव्हानमा झण्डै सय व्यक्तिले संसद अगाडी प्रदर्शन गरेका थिए मलेसियाको अनलाइन  सन डेलीका अनुसार सो प्रदर्शन पश्चात ज्ञापनपत्र बुझाउन गएकाहरुसँगको भेटमा मन्त्री कुलासेगरनले यस्तो प्रतिवद्धता जनाएका हुन्

ज्ञापनपत्र बुझ्दै मन्त्री कुलासेगरनले त्यसलाई आफूले मन्त्री परिषद बैठकमा लैजाने यसअघिको निर्णय पुनर्विचार हुने बताएको एमटीयूसीका महासचिव जे सोलोमनलाई उधृत गर्दै समाचारमा जनाइएको

एमटीयूसीका महासचिव सोलोमनले आफूहरुले सरकारको अन्तिम निर्णय पर्खिने आफूहरुको माग सुनुवाई नभएमा अहिले भन्दा १० गुणा धेरै व्यक्ति सहित प्रदर्शनमा उत्रिने बताए

गत महिना मलेसियाको सरकारले प्रतिमहिना ५० रिंगिट तलव बृद्धिको घोषणा गरेको थियो यसअघि निर्वाचनका समयमा भनें मलेसियाको वर्तमान सरकार निर्माण गर्न सफल गठवन्धन पक्तान हार्पनले मासिक १५ सय रिंगिट न्यूनतम तलव बनाउने प्रतिवद्धता जनाएको थियो चुनाव अघि उचित ज्याला बृद्धिको प्रतिवद्धता जनाएको पक्तान गठवन्धनलाई एमटीयूसीले समर्थन गरेको थियो तर चुनाव जितेर सरकार बनाएपछि सो प्रतिवद्धताबाट पछि हटेको भन्दै एमटीयूसीले सरकारको आलोचना गरेको

यो पनि पढ्नुहोस्  २८ अक्टोबर पछि कतार छोड्न खुरुज (एक्जिट पर्मिट) नचाहिने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय