२८ अक्टोबर पछि कतार छोड्न खुरुज(एक्जिट पर्मिट) नचाहिने

काठमाडौं, कात्तिक १-

कतारमा कार्यरत सम्पूर्ण श्रमिकहरुलार्इ अब कतारबाट बाहिरिदा एक्जिट अर्थात खुरुज पेपर नचाहिने ब्यवस्था लागू भएको यो नियम २८ अक्टोबर २०१८ बाट लागू हुनेछ।

श्रम कानून अन्तर्गत काम गर्ने आप्रवासी कामदारहरूका लागि अव विदामा जान वा स्थायी रुपमा कतार छोड्न गमन पत्र नचाहिने व्यवस्था अक्टोबर २८ तारिखबाट लागु हुने भएको हो कतारको आन्तरिक मन्त्रालय श्रम मन्त्रालय बीचको संयुक्त समितिले सो नियम पूर्णरुपमा लागू गर्ने घोषणा गरेको हो।

कतारका अमिर शेख तमिम विन हमाद अल थानीले गत महिना आप्रवासी कामदारको प्रवेश,गमन तथा आवास प्रावधान रहेको २०१५ को श्रम कानून नम्बर २१ लाई केही परिमार्जित गर्दै २०१८ को कानून नम्बर १३ जारी गरेपछि गमन पत्रको आवश्यकता खारेज भएको हो।

जारी नयाँ कानून अनुसार कामदारलाई देश छोड्न नदिने कम्पनी वा मालिकले कामदारको नाम,कामको अवस्था तथा स्पष्टिकरण सहित प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट स्वीकृति लिनु पर्नेछ।

कतार छोड्न कम्पनीले रोके वा कुनै पनि कारणले देश छोड्न नपाउने कामदारले गमन पत्र उजुरी केन्द्रमा निवेदन दिन पाउनेछन्। केन्द्रले तीन दिन भित्र घर फर्कने प्रक्रिया पूरा गर्ने कतार सरकारले जनाएको छ। श्रम कानून अन्तर्गत नपर्ने कामदारहरुको भने कतार छोड्न लाग्ने प्रक्रिया बारे मन्त्रालयले पछि निर्णय लिइने जनाएको

कतारले जारी गरेको एग्जिट परमिट खारेजी कानून बारे बुझ्नुपर्ने कुराहरु यस्ता छन्ः

. कतारमा एक्जिट परमिटको कानून खारेज गरिएको छ। नियम आउँदो अक्टोबर २८ तारिखबाट लागु गरिने घोषणा गरिएको छ।

. नियम कार्यान्वयनमा ल्याउन आन्तरिक मन्त्रालय श्रम मन्त्रालय बीचको समन्वयमा समिति गठन भइसकेको छ।

. कानून अनुसार आप्रवासी कामदारले आफ्नो करार अवधिभर बिदामा वा कुनैपनि बेला कम्पनी वा मालिकको अनुमति बिना नै देश छोड्न पाउँछन्

. गहना पसल,बैंकका कर्मचारी लगायत कामको वातावरण हेरेर पूरा कामदार मध्येको प्रतिशतलाई अनुमति बिना देश छोड्न नदिने अधिकार कम्पनीसँग अझै सुरक्षित छ। तर त्यसको लागि कम्पनीले कामदारको नाम,कामको प्रकृति पूरा स्पष्टिकरण पहिले नै मन्त्रालयमा पेश गर्नुपर्नेछ। त्यसको प्रक्रिया बारे मन्त्रालयले चाँडै जागरण गराउँदैछ।

. यो नियम घरेलु कामदारको लागि भने लागू हुनेछैन।

. कम्पनीले तपाईंलाई भनेको बेलामा वा बिदामा राम्रै तरिकाले घर पठाउँछ भने यो नयाँ कानूनले तपाईंलाई खासै फरक पार्ने छैन।

. भनेको बेला देश छोड्न नपाएका बिदामा घर जान नपाएका कामदारले मदिनात खलीफा स्थित गमन पत्र उजुरी केन्द्रमा गएर निवेदन दिनुपर्ने हुन्छ। केन्द्रले बढीमा दिन भित्र घर पठाउने प्रक्रिया पूरा गर्नेछ।

. घर जान अगाडि तलव तथा बाँकी हिसाब नपाएमा श्रम विवाद समाधान समितिमा गएर उजुरी गर्न सकिन्छ। समितिले सबै खालको विवाद महिना भित्र सुल्झाउने छ।

यो पनि पढ्नुहोस् मलेसियामा मासिक ५० रिंगिट मात्र बढाउने निर्णयको विरोधमा प्रदर्शन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: