
काठमाडौं, असोज ३०-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ३५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५० पैसा छ । लामो समय घटेर २५ को आसपास रहेको रिंगिटको मूल्यमा आएको बृद्धिले मलेसियामा ठूलो संख्यामा कार्यरत नेपालीलाई फाइदा भएको छ ।
यसैगरी कतारी रियालको खरिदर ३२ रुपैंयाँ ३६ पैसा र विक्रि दर ३२ रुपैंयाँ ५३ पैसा छ । युएई दिरहमको खरिददर ३२ रुपैंयाँ ८ पैसा छ भनें विक्रि दर ३२ रुपैंयाँ २४ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर ३१ रुपैंया ४१ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ५७ पैसा छ । अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकहरुको मुद्राको मूल्यमा केहि समययता लगातार बृद्धि देखिएको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३८८ रुपैंया ७१ पैसा छ भनें विक्रि दर ३९० रुपैंयाँ ६८ पैसा छ । बहराइन दिनारको खरिददर ३१२ रुपैंयाँ ५६ पैसा छ भनें विक्रि दर ३१४ रुपैंयाँ १५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।