बन्देजको डरले युएईमै बन्धक जस्तै नेपाली, नेपालसँग सम्झौता गर्ने युएईको तयारी 

दुवई, असोज २८-

नेपालबाट पुनः रोजगारीमा युएई आउन नपाउने भएपछि सयौं नेपाली घरेलुु कामदार महिला अत्वश्यक छुट्टी वा लामो विदामा पनि घर जान नपाएको विषय युएईको सञ्चार माध्यमले उठाएको युएईको अनलाईन गल्फ न्यूजले नेपाली महिलाले भोग्दै आएको समस्याका बारेमा समाचार छापेको हो  

यसअघि बैधानिक रुपमा नै युएई आएका नेपाली पछि नेपाल सरकारले नीति परिवर्तन गर्दै घरेलु काममा युएई आउन नदिने नीति लिएपछि घर फर्किन नपाएको समाचारमा उल्लेख दशैंको समयमा चाहेर पनि घर आउन नपाउने सयौं नेपाली महिला दुवईमा रहेको उल्लेख उनीहरु बाध्यतावस युएईमै कार्यरत रहेको दुई देशबीचको सरकारबीच द्धिपक्षिय श्रम सम्झौता नभएका कारण यो समस्या सिर्जना भएको गल्फ न्यूजको समाचारमा जनाइएको

युएईका लागि नेपाली कार्यवाहक राजदूत सागर प्रसाद फुँयालले घरेलु कामदारलाई सम्वोधन गर्नेगरी द्धिपक्षिय श्रम सम्झौता हुन सकेमा यो समस्या अन्त्य हुन सक्ने बताए उनले द्धिपक्षिय सम्झौताको अभावमा समस्या सिर्जना भएको तर्क गरेका छन् नेपाल युएईबीच छिट्टैै सम्झौता हुने उनले आशा पनि प्रकट गरे

समाचार अनुसार युएई पनि नेपालसँग छिट्टै श्रम सम्झौता गर्न तत्पर रहेको युएईका एक उच्च अधिकारीलाई उधृत गर्दै समाचारमा सन् २०१९ को मार्च भित्रै एमओयू हुने युएईले अपेक्षा गरिएको जनाइएको युएईको मानव संशाधन मन्त्रालयका सहायक उपसचिव डा. ओमर अल नुआमीले नेपाली घरेलु कामदार लिने विषयमा नेपालसँग सम्झौता गर्न युएईले अध्ययन गरिरहेको बताएका छन् नेपाली कामदार राम्रा रहेको भन्दै उनीहरुलाई युएईले स्वागत गर्ने उनले बताएका  छन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय