
काठमाडौं, असोज २५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार युएई दिरहमको खरिददर ३२ रुपैंयाँ २४ पैसा छ भनें विक्रि दर ३२ रुपैंयाँ ४० पैसा छ । यसैगरी कतारी रियालको खरिदर ३२ रुपैंयाँ ५३ पैसा र विक्रि दर ३२ रुपैंयाँ ६९ पैसा छ ।
साउदी रियालको खरिददर ३१ रुपैंया ५७ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ७३ पैसा छ । अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकहरुको मुद्राको मूल्यमा केहि समययता लगातार बृद्धि देखिएको छ ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ५२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६६ पैसा छ । लामो सयम घटेर २५ को आसपास रहेको रिंगिटको मूल्यमा आएको बृद्धिले मलेसियामा ठूलो संख्यामा कार्यरत नेपालीलाई फाइदा भएको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३९० रुपैंया १ पैसा छ भनें विक्रि दर ३९१ रुपैंयाँ ९९ पैसा छ । बहराइन दिनारको खरिददर ३१४ रुपैंयाँ १३ पैसा छ भनें विक्रि दर ३१५ रुपैंयाँ ७२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।