ईजरायलको प्रविधि रुपन्देहीमा प्रयोग हुँदै

काठमाडौं, असोज २४-

इजरायली प्रविधिको प्रयोग गरेर रुपन्देहीको सियारीमा व्यवसायीक तरकारी खेती शुरु गरिएको सियारी गाउंपालिका वडा नम्बर बर्दवामा सियारी कृषि फर्म स्थापना गरी व्यवसायीक रुपमा अर्गानिक तरकारी खेतीको शुरुवात गरिएको हो

रुपन्देहीका यातायात व्यवसायी मित्रबन्दु न्यौपाने, दुर्गा पन्थ तथ बैकर्स कलाधर पाण्डे, क्षितिज भुसालले २० लाख लगानीमा व्यवसायीक तरकारी खेती गरेका हुन्

व्यवसायिक कृषि उत्पादनबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्यले विघा जमिनमा व्यवसायीक तरकारी उत्पादन शुरु गरिएकोे उनीहरुले बताएका छन

यातायात बैंकर्स क्षेत्रका चारजनाले कृषिमा भविष्य देखेर लगानी गरिएको बताएका छन एक वर्ष अघिदेखि शुरु गरिएको उक्त विघा जमिनमा अहिले करेला, वोडी टमाटर उत्पादन भैरहेको पांच विघा जमिनमा तरकारी खेती विघा जमिनमा टर्कीस चरा पाल्ने योजना रहेको सियारी कृषि फर्म सञ्चालक मित्रबन्दु न्यौपानेले बताए

पहिलो सिजनमा नै ८० टन टमाटर, १० टन करेला ११ टन बोडी उत्पादन गरी विक्री गरिएको न्यौपानेले बताए

सरकारले कृषिलाई प्रोत्सान स्वरुप सहुलियतमा ऋण अनुदान दिने भनेपनि कुनैपनि सरकारी सहुलियत ऋण नलिएको कृषि फर्म सञ्चालक न्यौपानले बताए स्वचालित थोपा सिंचाईको माध्यम इजरायी प्रविधिबाट तरकारी उत्पादन गरिएको हो सोंचे जस्तो तरकारी उत्पादन गरिएपनि तरकारीले बजार मुल्य नपाएको उनीहरुको गुनासो कृषि उत्पादनको राज्यले मुल्य निर्धारण गरी वजारी करणको व्यवस्था गर्दिनुपर्ने कृषकहरुको माग

कृषि फर्म सञ्चालकहरुका अनुसार अर्गानिक तरकारी उत्पादन गरिएपनि भारतीय उत्पादनसंग अस्वस्थ्य प्रतिष्पर्दा गर्दा उत्पादन मुल्य भन्दा कममा विक्री गर्न बाध्य हुनु परेको तितो यर्थाथता उनले सुनाए

टमाटर प्रति किलो १२, करेला प्रतिकिलो २७ वोडी प्रतिकिलो ४० रुपैंयाका दरले विक्री गरिएको कृषी फर्महरुले सस्तो मुल्यमा तरकारी बजारमा पठाएपनि उपभोक्ताले महङ्को मुल्यमा किन्नु पर्ने बाध्यकारी अवस्था कृषि उत्पादक किसानहरुले मुल्य नपाउने, महङ्को मुल्यमा उपभोक्ताले किन्नुपर्ने बाध्यता विचौलीयाको हालीमुहालीलाई राज्यले रोक्नुपर्ने किसानहरुले माग गर्दै आएका छन्

रुपन्देहीमा कृषि उत्पादन फस्टाउने भएपनि लगानीको अभाव राज्यबाट किसानहरुले सुहुलियत पाउन नसकेकाले समस्या झेल्नु परेको कृषक दुर्गा पन्थले बताए यायातायात व्यवसाय छाडेर कृषि पेशामा लागेका न्यौपानेले ग्रिन प्लान्ट अनुसार हाईटेक प्रविधिबाट विषाधी प्रयोग नगरी उत्पादन गरिएको तरकारीले पनि बजार नपाएको गुनासो गरे उनले कृषिलाई राज्यले विद्युत, पानी, सडकको समेत सहुलियत दिनुपर्ने बताए यस अधि धानको खेति गदै आउनु भएका न्यौपानेले धानवाट भन्दा तरकारीवाट गुणा बढी आम्दानी हुन गरेको बताए सरकारले विचौलियाको अन्त्य गरी किसानको लागत अनुसारको मुल्य तय गरिदिनु पर्नेमाग उहाँहरुको नेपाल समाचारपत्रबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय