मंगलवार यस्तो छ रियाल, दिराम, दिनार र रिंगिटको मूल्य 

काठमाडौं, असोज २३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार युएई दिरहमको खरिददर ३२ रुपैंयाँ १८ पैसा छ भनें विक्रि दर ३२ रुपैंयाँ ३४ पैसा छ । यसैगरी कतारी रियालको खरिदर ३२ रुपैंयाँ ४६ पैसा र विक्रि दर ३२ रुपैंयाँ ६३ पैसा छ ।

साउदी रियालको खरिददर ३१ रुपैंया ५२ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ६८ पैसा छ । अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकहरुको मुद्राको मूल्यमा केहि समययता लगातार बृद्धि देखिएको छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ४५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६० पैसा छ । लामो सयम घटेर २५ को आसपास रहेको रिंगिटको मूल्यमा आएको बृद्धिले मलेसियामा ठूलो संख्यामा कार्यरत नेपालीलाई फाइदा भएको छ ।  

यसैगरी कुवेती दिनारको खरिददर ३८९ रुपैंया १५ पैसा छ भनें विक्रि दर ३९१ रुपैंयाँ १२ पैसा छ । बहराइन दिनारको खरिददर ३१३ रुपैंयाँ ५०  पैसा छ भनें विक्रि दर ३१५ रुपैंयाँ ९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् नेपालको पर्यटन प्रवद्र्धन गर्न एनआरएनएको ‘नमस्ते क्याम्पेन’ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय