नेपालको पर्यटन प्रवद्र्धन गर्न एनआरएनएको ‘नमस्ते क्याम्पेन’ 

 

काठमाडौं, असोज २३-

नेपाल भ्रमण वर्ष सन् २०२० लाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सघाउने भएको छ । यसका लागि संघले २०१९ लाई टुरिजम प्रमोसन इयरका रूपमा मनाउने भएको हो । सरकारले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका मनाउने र २० लाख पर्यटक भित्र्याउने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।

नेपाल पर्यटन बोर्ड र एनआरएनद्वारा सोमबार राजधानीमा आयोजित नेपालको पर्यटनका दीर्घकालीन रणनीति विकासमा एनआरएनएको भूमिका विषय अन्तरकृयामा बोल्दै संघका अध्यक्ष भवन भट्टले सन् २०१९ मा विश्वका ८० देशमा टुरिजम प्रमोसन कार्यक्रम गरिने बताए ।

विश्वभर नेपाली छरिएर रहेका छन्, जहाँ नेपाली बसोबास गरिरहेका छन् यहाँ संघको सञ्जालबाट सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउन संघ लागिपरेको अध्यक्ष भट्टले बताए । संघको सहकार्यमा र विश्वभर बसोबास गरिरहेको नेपालीबाट नेपाल भ्रमण वर्षलाई सहयोग गर्न अभियान नै चलाउने अध्यक्ष भट्टको भनाइ थियो ।

नेपालमा पर्यटक भित्र्याउनको लागि अतिथि देवो भवःअभियानलाई निरन्तरता दिँदै आएको र नेपाल आउने पर्यटकलाई लक्षित गरी नमस्ते क्याम्पियनको समेत शुरुवात गरिएको उनले जानकारी दिए । नेपालको पर्यटन क्षेको प्रचार प्रसारको लागि तीन जना साथीलाई नेपाल पठाऊअभियान समेत सञ्चालन गरिरहेको जानकारी दिँदै यस अभियानबाट नेपालको प्रचार प्रसारमा ठूलो टेवा पुग्ने भट्टको दाबी छ । उनले नेपाल आउने पर्यटकको स्तर नतोक्नसमेत सरकारलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतमा पनि बोर्डले एनआरएनएसँग सहकार्य गर्दै नेपालको पर्यटन प्रचार प्रसारमा महत्वपुर्ण भूमिका रहेको र आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

 

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र विभिन्न देशमा रहेका नेपालीले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन विदेशमा रहेका पर्यटन क्षेत्रका संघसंस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आएको एनआरएनएका उपाध्यक्ष सपिला राजभण्डारीले बताइन् । सगरमाथाको प्रचारप्रसारका लागि सगरमाथा आरोहण गरिसकेकासँग त्यहाँका टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा आफ्नो अनुभव प्रसारण र प्रकाशन गर्न समन्वय गरिरहेको राजभण्डारीले बताइन् ।

कार्यक्रममा बोल्दै एक्सपिरेन्स नेपाल अभियानका संयोजक दिपेशमान शाक्यले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन एनआरएनएले विश्वभर प्रर्वद्धन कार्यक्रम गर्ने बताए । नेपाल समाचारपत्रबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: