मलेसियामा मेसिन पड्केर एक नेपालीको मृत्यु, तीनजना घाइते

काठमाडौं, असोज २०-

मलेसियाको क्लाङस्थीत एक कारखानामा कार्यरत एक नेपालीको दुर्घटनामा परेर मृत्यु भएको छ । उनको सो कारखानामा सामान सुकाउने मेसिन चलाउने क्रममा दुर्घटनामा परेर शुक्रवार मृत्यु भएको हो ।

मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माका अनुसार तामान सुङाई कापर क्षेत्रमा रहेको सो कारखानामा शुक्रवार दिउँसो ३ः२० मा दुर्घटना भएको थियो । सामान सुकाउने मेसिन पड्कीएपछि ति नेपालीको घटनास्थलमै मृत्यु भएको समाचारमा जनाइएको छ । घटनामा थप तीनजना घाइते भएका छन् । उनीहरु नेपाली नै हुन् वा होइनन् भन्ने समाचारमा खुलेको छैन ।

यो पनि पढ्नुहोस् थप १ सय १४ जनाले पाउने भए बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको छात्रबृत्ति

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय