
काठमाडौं, असोज १९-
बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले यसअघि छुटेका १ सय १४ जनालाई छात्रबृत्ति उपलव्ध गराउने निर्णय गरेको छ । यसअघि कागजात पुरा नभएका वा जिल्लाबाट ढिलोगरी विवरण प्राप्त भएकाहरुलाई सो छात्रबृत्ति उपलव्ध गराउने निर्णय भएको हो ।
बोर्डकी सुचना अधिकारी पवित्रा घिमिरे खनालका अनुसार बोर्डबाट आर्थिक सहायता प्राप्त गरेका व्यक्तिका योग्यता पुगेका बालबालिकालाई सो छात्रबृत्ति उपलव्ध गराइएको हो । बैदेशिक रोजगारका क्रममा मृत्यृु भएका वा गम्भीर रोग लागेका व्यक्तिका सन्तानलाई सरकारले उपलव्ध गराउँदै आएको सो छात्रबृत्ति प्राप्त गर्न सम्वन्धि विद्यार्थी पढिरहेको विद्यालय मार्फत जिल्ला स्थीत शिक्षा विकास समन्वय ईकाईमा जम्मा भएको निवेदन बोर्डमा आउने र छात्रबृत्ति पाउन योग्य देखिएकाहरुलाई बोर्डले छात्रबृत्ति प्रदान गर्ने गर्दछ ।
हेर्नुहोस् छात्रबृत्ति पाउनेहरुको सूची