
काठमाडौं, असोज १९-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार पनि बहुसंख्यक नेपाली कार्यरत मुलुकहरुको मुद्राको मुल्य बृद्धि भएको छ । शुक्रवार युएई दिरहमको खरिददर ३१ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर ३२ रुपैंयाँ १३ पैसा छ । यसैगरी कतारी रियालको खरिदर ३२ रुपैंयाँ २५ पैसा र विक्रि दर ३२ रुपैंयाँ ४२ पैसा छ ।
साउदी रियालको खरिददर ३१ रुपैंया ३१ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ४७ पैसा छ । अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकहरुको मुद्राको मूल्यमा केहि समययता लगातार बृद्धि देखिएको छ ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ३२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४६ पैसा छ । लामो समय घटेर २५ को आसपास रहेको रिंगिटको मूल्यमा आएको बृद्धिले मलेसियामा ठूलो संख्यामा कार्यरत नेपालीलाई फाइदा भएको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३८६ रुपैंया ५९ पैसा छ भनें विक्रि दर ३८८ रुपैंयाँ ५७ पैसा छ । बहराइन दिनारको खरिददर ३११ रुपैंयाँ ५२ पैसा छ भनें विक्रि दर ३१३ रुपैंयाँ ११ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् साउदीबाट उद्धार गरी नेपाल फर्काउन ६२ लाख रुपैंयाँ सरकारलाई हस्तान्तरण