साउदीबाट उद्धार गरी नेपाल फर्काउन ६२ लाख रुपैंयाँ सरकारलाई हस्तान्तरण

काठमाडौं, असोज १९-

साउदी अरबको जेलमा रहेका गोरखाका कुमार राना मगरलाई उद्धार गरी नेपाल फर्काउन आवश्यक रकम गोरखा कुमार राना उद्धार अभियानमूल समितिले परराष्ट्र मन्त्रालयमा बुझाएको छ । साउदी अरबमा कुमारले चलाएको गाडीको ठक्करबाट घाइते भएका साउदी नागरिकले मागेको २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति रकममध्ये मूल समितिले परराष्ट्र मन्त्रालयमा २ लाख साउदी रियाल ( करिब ६२ लाख ७४ हजार रुपैयाँ) बुझाएको हो । बाँकी रकममध्ये ४४ हजार घाइतेले छुट गरेको र ५० हजार कुमार राना मगर कार्यरत कम्पनीले ब्यहोरेकाले मूल समितिले २ लाख रियाल पठाएको हो ।

सो रकम मूल समितिका संयोजक कृष्णप्रसाद ढकाल र कुमार रानाकी पत्नी अम्बिका राना मगरले परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्णप्रसाद ढकाललाई हस्तान्तरण गरेका छन् । 

अभियान २०७५ वैशाख १ गते सुरु गरिएको थियो । सो क्रममा नेपाल, साउदी अरबलगायत विश्वका विभिन्न देशमा रहेका नेपाली संघसंस्था तथा व्यक्तिहरुले गरी ७७ लाख ८३ हजार २ सय ७१ रुपैयाँ संकलन भएको उद्धार अभियान मुल समितिले जानकारी दिएको छ ।

कुमार रानाको उद्धारका लागि आवश्यक रकम संकलन भएकाले सहयोग संकलन अभियान बन्द गरिएको छ । कुमार रानाको उद्धारपछि बचत भएको रकम उनीजस्तै समस्यामा पर्ने अन्य व्यक्तिलाई सहयोग गर्ने मूल समितिले निर्णय गरेको छ । समितिको आम्दानी र खर्चको हिसाब किताब कुमार राना मगर नेपाल फर्किएपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जनाइएको छ ।

२०७१ सालमा साउदी अरब गएका कुमार राना मगर त्यहाँको खलिद एस अल कम्पनीमा कार्यरत थिए । उनले चलाउने गाडीको ठक्करबाट २०७३ वैशाख १२ गते घाइते भएका साउदी नागरिक खलिद विन फहाद विन सदरलाई २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने निर्णय त्यहाँको अफिफ जनरल कोर्टले २०७४ वैशाख ४ गते गरेको थियो । क्षतिपूर्ति रकम तिर्न नसक्दा २०७४ असोजमा प्रहरी हिरासतमा परेका कुमार रानामगर २०७४ पुसदेखि अफिफ सेन्ट्रल जेलमा रहेका छन् ।

यो पनि पढ्नुहोस् हो, रोकिनै पर्दछ भिजिट भिसाको नाममा हुने मानव तस्करी 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय