श्रम गराइदिने भन्दै हैरान बनाउने १२ जना विचौलिया पक्राउ

काठमाडौं, असोज १८-

काठमाडौंको सोल्टीमोडबाट १२ जना विचौलियालाई प्रहरीले पक्रेको छ । बैदेशिक रोजगारीका लागि श्रम गर्न सोल्टिमोडस्थित श्रम कार्यालय जाने व्यक्तिहरुलाई श्रम स्वीकृत मिलाई दिने भन्दै बाटोमै छेकेर हैरान बनाएको अभियोगमा उनीहरुलाई प्रहरीले पक्रेको हो ।

सेवाग्राहीबाट बाटो छेकेर अनावश्यक हैरानी दिएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

 

यसैबीच पक्राउ परेका विचौलियाको काम गर्ने १२ मध्ये ११ जनालाई प्रहरीले छोडेको छ । आगामी दिनमा विचौलियाको काम नगर्ने शर्तमा उनीहरुलाई छोडिएको महानगरिय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । सिन्धुलीका पुष्पकुमार राई भने प्रहरी हिरासतमा छन् । उनले बारम्बार बिचौलियाको काम गर्ने गरेकाले रिहा नगरिएको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी देवेन्द्र बहादुर पालले जानकारी दिए ।

यो पनि पढ्नुहोस् हो, रोकिनै पर्दछ भिजिट भिसाको नाममा हुने मानव तस्करी 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: