
काठमाडौं, असोज १७-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ ९६ पैसा र विक्रि दर ३२ रुपैंयाँ १२ पैसा छ । युएई दिरहमको खरिददर ३१ रुपैंयाँ ६८ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ८४ पैसा छ ।
साउदी रियालको खरिददर ३१ रुपैंया ३ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ १९ पैसा छ । अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकहरुको मुद्राको मूल्यमा केहि समययता बृद्धि देखिएको छ ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ १० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २४ पैसा छ । रिंगिटको मूल्यमा आएको बृद्धिले मलेसियामा ठूलो संख्यामा कार्यरत नेपालीलाई फाइदा भएको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३८३ रुपैंया २२ पैसा छ भनें विक्रि दर ३८५ रुपैंयाँ १९ पैसा छ । बहराइन दिनारको खरिददर ३०८ रुपैंयाँ ६२ पैसा छ भनें विक्रि दर ३१० रुपैंयाँ २१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् मलेसियाको रोजगारी खुल्न अझै समय लाग्ने, मुख्य मिलाउनु पर्ने विषयमा मलेसियाले थाल्यो गृहकार्य