मलेसियाको रोजगारी खुल्न अझै समय लाग्ने, मुख्य मिलाउनु पर्ने विषयमा मलेसियाले थाल्यो गृहकार्य

काठमाडौं, असोज १७- 

मलेसियाको रोजगारी खुल्न अझै केहि समय लाग्ने देखिएको छ । मलेसियाले केहि विषयमा आन्तरिक तयारी गर्न बाँकी नै रहेको देखिएकाले अझै झण्डै एक महिना अघि एमओयू हुने सम्भावना कमजोर छ । यद्यपी आन्तरिक रुपमा गर्नुपर्ने सुधारका विषयमा भनें मलेसियाले प्रकृया सुरु गरेको छ ।

मलेसियामा एक कार्यक्रममा बोल्दै मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले नेपालसँग एमओयू गर्नुअघि केहि विषयलाई संशोधन गर्नुपर्ने बताए । यसमा विदेशी कामदारको तलव र बीमा लगायतका विषय रहेको उनको भनाई थियो । 

मलेसियाको सञ्चारमाध्यम द स्पटलाइटका अनुसार कुलसेगरनले भनेका छनः मलेसियाले यसअघि बंगलादेश, ईण्डोनेशिया, नेपाल, भारतसँग गरेका एमओयूको समयावधि यसअघि नै सकिइसकेको र अव पुनः एमएओयू गर्नुअघि केहि बाधा अड्चन फुकाउनु पर्नेछ । यहि समस्या सुल्झाउन मलेसियाले पूर्व न्यायाधिशको नेतृत्वमा एउटा स्वतन्त्र कमिटी बनाइसकेको छ जसले विदेशी कामदार सम्वन्धि नीतिमा फेरवदलको सुझाव दिनेछ । सो कमिटीले अक्टोवरको दोश्रो हप्तामा सरकारलाई सुझाव दिने गरी कमिटी गठन भइसकेको छ ।

मलेसियामा विदेशी कामदार लिने अनुमति सिधै अनलाइन मार्फत आवेदन दिन र प्रकृया पुगेकाहरुले अनलाइन मार्फत नै अनुमति दिन पाउने व्यवस्था गर्न लागिएको पनि मन्त्री कुलासेगरनले बताएका छन् । यसले मलेसियामा विदेशी कामदार राख्न अनुमति लिन सरकारी कर्मचारीलाई घुस खुवाउने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।

कुलासेगरनले हाल देखिएको विदेशी कामदार लिने प्रकृयाको गतिरोध आधा सकिएको जनाएका छन् । सरकारले बनाएको कमिटीले मलेसियाका विभिन्न ठाउँमा पुगेर सुझाव संकलन गर्ने समेत जनाइएको छ । विदेशी कामदारलाई भेटेर नै सो कमिटीले तयार पर्ने प्रतिवेदनका आधारमा यससम्वन्धि नीति परिवर्तन हुने बताएको मलेसियाको अनलाइन द स्टारले समाचार लेखेको छ ।

यो पनि पढ्नुहोस् हो, रोकिनै पर्दछ भिजिट भिसाको नाममा हुने मानव तस्करी 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय